site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबारबाट गैंडाको खागसहित के–के हरायो ? गृहसचिव भन्छन्– रेकर्ड छैन
SkywellSkywell

काठमाडौं । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सिंहदरबार बेलायती बैठक कक्षबाट हराएको गैंडाको खाग, बाह्रसिङेको सिङ र बाघको दाह्रा नंग्रा खोज्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ । 

साउन अन्तिम साता समितिका सभापति रामनारायण बिडारीसहितको टोली बैठक कक्षको अनुगमनमा जाँदा बैठक कक्षबाट बहुमूल्य गैंडाको खाग, बाघको दाह्रा, नंग्रा र जुँगा, बाह्रसिङे र जरायोको सिङ हराएको पाइएपछि सोबारे बुझ्न समितिले बुधबार गृहसचिव प्रेम राईलाई बोलाएको थियो । 

KFC Island Ad
NIC Asia

समिति सभापति बिडारीले बहुमूल्य वस्तु हराउनुमा गडबडी रहेको भन्दै सोबारे अनुसन्धान गर्न गृह सचिवलाई आग्रह गरेका थिए । “बेलायतबाट ल्याएका महँगा फर्निचर काम नलाग्ने भएका छन् । बेवारिसे अवस्थामा छन् । राणा, शाहवंशका फोटोहरु अलपत्र छन्,” उनले भने, “सुनौलो अक्षरले लेखिएका महँगा थान्काहरुको पनि बिजोग छ । त्यसलाई व्यवस्थापन गर्नका लागि गृह सचिवलाई बैठकमा बोलाएका हौं ।”

सिंहदरबारबाटै हरायो गैंडाको खाग, बाघको दाह्रा र बाह्रसिङेको सिङ

समितिका सदस्य राधेश्याम अधिकारीले बेलायती बैठक कक्षबाट बहुमूल्य अंगहरु हराएको टिपोट गृह मन्त्रालयसँग थियो कि थिएन ? भन्दै प्रश्न गरेका थिए । त्यस्तै उनले भने, “बेलायती बैठक कसको जिम्मेवारीभित्र रहन्छ ? गृहकि प्रधानमन्त्री कार्यालय वा संयुक्त ?”

Royal Enfield Island Ad

जवाफमा गृहसचिव राईले गैंडाको खाग, बाघको दाह्रा र नंग्रा, बाह्रसिङेको सिङ हराएको टिपोट आफुहरुसँग नभएको बताए । 

बेलायती बैठकको जिम्मेवारीका सन्दर्भमा उनले भने, “गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विगतमा रक्षामन्त्रालय पनि जोडिएको थियो ।”

राजतन्त्रको समाप्तिपछि सुरुमा राजदरबारका कर्मचारीलाई ल्याएर बेलायती बैठकको सुरक्षाको जिम्मा दिइएको पनि उनले समितिलाई जानकारी दिए । “हराएका गैंडाको खाग, बाघको दाह्रा र नंग्रा, बाह्रसिङेको सिङका कुरा यो यो थियो भनेर यकिन रेकर्ड पाइएको अवस्था छैन,” उनले भने । 

त्यस्तै, उनले यसअघि नै बेलायती बैठक कक्षबाट धेरै सामग्रीहरु राष्ट्रिय संग्रहालय र नारायणहिटी संग्रहालयमा पठाइएको पनि उनले सो क्रममा जानकारी दिए ।  उनले पहिला रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अवस्था पनि बिजोग रहेको भन्दै त्यसतर्फ पनि काम गर्न समितिलाई आग्रह गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro