site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एयरपोर्टका ट्याक्सी चालकलाई सरकारले अंग्रेजी सिकाउने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी सर्भिस गर्ने चालकहरुलाई सरकारले अंग्रेजी सिकाउने भएको छ । यस्तै सबै ट्याक्सीहरुमा अनिवार्य रुपमा जीपिएस सिस्टमसमेत जडान गरिने भएको छ । ट्याक्सी चालकहरुले जीपिएस जडित ट्याक्सीमार्फत गेष्टलाई सेवा दिनेछन् ।

विमानस्थलबाट ट्याक्सी प्रयोग गर्ने गेष्टहरु गन्तव्यमा छोडे पनि चालकले गेष्टको फोटो खिच्नेछन् र कन्ट्रोल रुममा पठाउनेछन् । पर्यटन, संस्कृति तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पोखराका पर्यटन व्यवसायीहरुसँगको छलफलमा बोल्दै यो कामलाई प्याकेजको रुपमा ल्याइने घोषणा गरेका छन् ।

“ट्याक्सीमा अनिवार्य जीपीएस, एयरपोर्ट सर्भिस गर्ने ट्याक्सीले अनिवार्य जीपीएस सिस्टम लगाउनुपर्छ । उसले आफ्ने गोष्ट कहाँ छोड्छ, त्यो गेष्टको फोटो खिचेर कन्ट्रोल रुममा पठाउँछ । यो गेष्टको सुरक्षाको लागि गरिनेछ,” उनले भने ।

KFC Island Ad
NIC Asia

यसबाहेक, विदेशी पर्यटकहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न ट्याक्सी चालकहरुलाई सरकारले आफ्नै खर्चमा अंग्रेजी भाषा सिकाउने योजना रहेको उनले सुनाए । “मैले भनेको छु, एयरपोर्टको ट्याक्सीवालालाई स्पेशल ड्रेसकोड हुन्छ, दुई चार दिन खर्च गरेरै भए पनि अंग्रेजी भाषाको तालिम दिउँ । सबै हामीले प्याकेजमा गर्दैछौँ । यो काममा हामी सकारात्मक ढंगले नै अगाडि जान्छौँ,” उनले भने ।

नेपाल एयरलाइन्सका दुई विकल्प : 'जयजयकार अथवा मृत्यु'

यस्तै, उनले नेपाल एयरलाइन्सलाई जयजयकार हुने स्थितीमा पुर्‍याउने दाबी गरे । “नेपाल एयरलाइन्सका दुई विकल्प छन् । कि यसको मृत्यु हुन्छ, हामी सबै मलामी जाउँ, कि यसको जयजयकार हुन्छ, हामीले उत्सव मनाऔँ,” उनले थपे, “म जयजयकारको पक्षमा छु, यसको लागि कमिटी बनाएर अध्ययन गरेका छौँ, १० दिनपछि त्यसले रिपोर्ट दिन्छ । नेपाल एयरलाईन्स एउटा कम्पनीमा जानेछ र सरकार, सरकार मातहतका वित्तीय संस्था र व्यक्तिहरुको पनि लगानी गर्ने र कम्पनी मोडेलबाट सञ्चालन गरिनेछ ।”

मन्त्री भट्टराईका अनुसार कम्पनी मोडेलमा गएपछि लगानीकर्ताले नै सिईओ छान्ने र नेपाल एयरलाइन्सलाई माथि उठाउने दाबी गरे । उनले भने, “अझै पनि नेपाल एयरलाइन्सको दोहन गर्नु भनेको नेपाल आमाको रगत चुसे सरह हुन्छ । हामी अब सही विकल्पमा जान्छौँ ।”

यस्तै, उनले फेवातालको अतिक्रमण गर्नेहरुले आफैंले सरकारलाई लालपुर्जा बुझाउन आग्रह गरे । “२-४ पैसाको लोभले फेवाकिनारमा भवन नबनाउनूस, किन बनाएको ? किन बनाउन दिएको ?” उनले प्रश्न गरे ।

फेवाताल अतिक्रमण गर्दा व्यक्तिलाई फाइदा भए पनि देशलाई भने नोक्सान भएको हुँदा ताल अतिक्रमण गर्ने आफैंले सरकारलाई लालपुर्जा बुझाउन उनले आग्रह गरे । 

“आज म यही कार्यक्रमबाट भनेको छु, आफैंले लगेर लालपुर्जा बुझाऔँ, किनभने त्यसले जिन्दगी चल्दैन, खान दिँदैन् ।”

पोखराका पर्यटन व्यवसायीहरुले मन्त्री समक्ष पोखराको पर्यटन व्यवसाय र सरकारले गर्नुपर्ने विषयमा विभिन्न १२ बुँदे माग बुझाएका थिए । पर्यटन व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १८:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro