site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
क्रिकेटको उमंगसँगै एनसेलले ल्यायो आकर्षक एनपीएल फ्यान प्याक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) पार्वड बाई एनसेल आजदेखि सुरु हुँदै छ । एनपीएलका खेललाई अझ रोमाञ्चक बनाउन एनसेलले सधैँ अन, डेटा र भ्वाइसमा तीनवटा आकर्षक एनपीएल फ्यान प्याक ल्याएको छ । 

अफरअन्तर्गत ग्राहकले अनलिमिटेड युट्युब र अनलिमिटेड डेटाका साथ एनपीएल भरी अनलाइनमार्फत खेलको मजा लिन सक्नेछन् । यसका साथै ग्राहकका लागि अनलिमिटेड भ्वाइस अफर पनि उपलब्ध छ । प्याक लिने ग्राहकले एनपीएलका खेलहरू प्रत्यक्ष मैदानमा नै हेर्न टिकटलगायत अन्य आकर्षक उपहार जित्न योग्य हुनेछन् ।

सधैँ अन प्याक अन्तर्गत ग्राहकहरूले ३९९ रुपैयाँ देखि १४९९ रुपैयाँसम्मको कुनै पनि प्याकको खरिदमा ग्राहकले युट्युबमा प्याक अवधिभर अनलिमिटेड पहुँच पाउने एनसेलले जनाएको छ । यससँगै ग्राहकले अतिरिक्त डेटा शुल्कबिना एनपीएलका खेल अनलाइनमार्फत हेर्न सक्ने बताइएको छ । 

डेटा सेवा आवश्यक भएका ग्राहकका लागि एनसेलले अनलिमिटेड डेटा अफर ल्याएको छ ।  ग्राहकहरूले ५० रुपैयाँमा एक दिनको समयसीमा रहेको अनलिमिटेड डेटा प्याक लिन सक्नेछन् । १२५ रुपैयाँमा ३ दिन, १९९ रुपैयाँमा ७ दिन र ९९९ रुपैयाँमा २८ दिन समयावधि रहेको अनलिमिटेड डेटा किनेर एनपीएलका खेलको मजा अनलाइनमार्फत लिन सकिनेछ ।  

भ्वाइस सेवामा पनि अनलिमिटेड प्याक रहेका छन् । ७ दिनको लागि रु. १४९ र २८ दिनको लागि रु. ४९९ मा अनलिमिटेड भ्वाइस सेवा लिन सकिनेछ । माथि उल्लेखित सधैँ अन, अनलिमिटेड डेटा प्याकहरू, र अनलिमिटेड भ्वाइस प्याकहरू किन्ने सबै ग्राहक एनपीएल खेल मैदानमा नै हेर्नका लागि टिकट जित्न योग्य हुनेछन् । 

यी प्याक किनेपछि ग्राहकले एसएमएसमार्फत एनसेल एपमा रहेको ‘स्पिन द ह्वील’मा जाने लिंक प्राप्त गर्छन् । एपमा गई ह्वील घुमाउँदा ग्राहकले एनपीएल खेलको टिकट, १ जीबी डेटा, रु. ५० क्यासब्याक (१ दिनको समयसीमा), रु. १०० क्यासब्याक (१ दिनको समयसीमा), वा १०० अन–नेट एसएमएस (१ दिनका समयसीमा) पाउँन सक्छन् । 

एनसेल फाउन्डेसनले प्रत्येक एनपीएलको खेलमा हानिने चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री वितरण गर्नेछ । यस सामाजिक पहलको उद्देश्य विद्यार्थीको जीवनमा शैक्षिक अवसर र उज्जवल भविष्यका लागि अवसरहरू बढाउनु हो । 

नेपाल क्रिकेट संघ (क्यान) र एनसेलले एनपीएलको  लागि सहकार्य गरेको छ । यस साझेदारी अन्तर्गत सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको पार्वड बाई पार्टनरको रुपमा एनसेल रहेको छ । यस साझेदारी अन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।

यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सर्वाधिक लोकप्रिय खेलकुद मध्ये एक हो । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १०:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro