देश
दाङ । दाङमा सर्पदंशबाट दुईजनाको मृत्यु भएको छ ।
दाङको राजपुर गाउँपालिका वडा नं- ७ भौवा नाका निवासी सुजु सार्की र कस्मिरा सार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरु एकैघरका दिदीबहिनी हुन ।
उनीहरुलाई बिहान ४-५ बजे सुतेकै ठाउँमा सर्पले टोकेको थियो।
भारतको शिरशियास्थित अस्पतालमा उपचार नभएपछि उनीहरुलाई थप उपचारका लागि बहराईच लैजाँदै गर्दा बाटोमै दिदीबहिनीको मृत्यु भएको थियो।
त्यहाँबाट लमहीस्थित अस्पताल आउन झन्डै ६-७ घन्टा लाग्ने गर्छ भने भारततर्फ जाँदा दुई तीन घन्टामा पुग्न सकिन्छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६ २०:१५
प्रतिक्रिया दिनुहोस्