site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपाबाहेकका दलबीच दुईबुँदे सहमति, संसदीय समिति नबन्ने

काठमाडौं । रास्वपाबाहेकका राजनीतिक दलका नेताहरुबीच दुई बुँदे सहमति भएको छ । जसमा संसदीय छानबिन समिति बनाउने भन्ने विषय भने उल्लेख छैन ।

गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै लामो समय देखि संसद् अवरुद्ध हुँदै आएको भए पनि बिहीबार कांग्रेस, एमाले, माओवादी र नेकपा एसबीच दुईबुँदे सहमति कायम गरिएको एक नेताले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार दुईबुँदे सहमतिका विषयमा रास्वपासँग अहिले छलफल हुँदैछ ।

“कांग्रेस, एमाले, माओवादी र नेकपा एसबीच सहमति भयो,” एक नेताले भने, “अहिले रास्वपासँग छलफल हुँदैछ । हामीबीच भएको सहमति भनेको छानबिनका लागि अख्तियारलाई सहयोग गर्ने, अध्यागमन भिजिट भिसा लगायतका सम्बन्धमा नेपाल सरकारले छानबिन गरी सुधारको प्रतिवबद्धता गर्ने भन्ने विषय रहेको छ ।”
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १८:२५
प्रतिक्रिया दिनुहोस्