site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 इजलासले पेशी तोक्न आदेश गरेको मुद्दा स्थगितमा

काठमाडौं । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारलाई निलम्बन गर्ने निर्णय खारेजीको माग गर्दै परेको मुद्दा संयुक्त इजलासले सोमबारका लागि पेशी तोक्न आदेश गरेपनि स्थगितको सूचीमा परेको छ ।  साउन १३ गते सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलाशले रजिष्ट्रार द्धिजराज भट्टको मुद्दामा सुनुवाई गर्दै सोमबारका लागि पेशी तोकेको थियो । तर, सोमबार सो मुद्दा स्थगितको सूचीमा परेको छ । सर्वोच्च अदालतमा मुद्दाको पेशी प्रधानन्यायाधीशले तोक्ने गर्छन् । 

“यस सुदुरपश्चिमाञ्चल विश्वविद्यालयसभाका सदस्यहरुले सो विश्वविद्यालयका रजिष्ट्रार द्धिजराज भट्ट उपर दिएको उजुरीसहितको मिसिल र विश्वविद्यालय सभाका सदस्य प्रा.डा.भिमप्रसाद सुवेदीको अध्यक्षतामा गठित छानबिन समितिको प्रतिवेदन पेशीको दिन इजलाससमक्ष देखाइ फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत् झिकाइ मिति ०७६ साउन २० को पेशी तोकि नियमानुसार पेस गर्नू,” संयुक्त इजलासको आदेश थियो । 

तर, सो मुद्दा सोमबार पेशी नै चढेन ।  सर्वोच्चकै इजलासले मिति तोकेरै पेशी तोक्न भनेको मुद्दा विशेष परिस्थितिमा बाहेक सामान्य अवस्थामा पेशीमा नराख्ने नगरिएको सर्वोच्च अदालतकै कर्मचारी बताउँछन् ।   तर, यो मुद्दामा पेशीनै स्थगित गर्नुपर्ने कारण नभएको मुद्दाका पक्षहरु बताउँछन् ।  रजिष्ट्रार भट्टले आफुलाई निलम्बन गर्ने निर्णय बदर गर्न माग गर्दै विश्वविद्यालयका कूलपति समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदुरपश्चिमाञ्चल विश्वविद्यालय र भीमप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिलाई विपक्षी बनाइ गत माघ १४ गते गते रिट दायर गरेका छन् । 

भट्टसँगै उपकुलपति प्राध्यापक भूषण श्रेष्ठ पनि निलम्बनमा परेका छन् । उनले पनि आफुलाई अन्यायपूर्वक निलम्बनमा पारेको भन्दै निलम्बन गर्ने निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro