site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुत्र नै बनाउँ, मातहतका नजरमा नगिरौंः ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् । आर्थिक वर्ष २०७६–०७७ को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै आज प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, “भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।” 

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसाथ गर्न आग्रह गरेका थिए ।

“हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले  हो” प्रधानमन्त्री ओलीले भने, “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरी ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुदैन । समय खेर फाल्नु भएन ।” 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १६, २०७६  ०५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro