site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जग्गा संरक्षण जाँचबुझ आयोगले काम थाल्यो, सयभन्दा बढी उजुरी
SkywellSkywell

काठमाडौं । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले काम थालेको केही हप्तामै सयभन्दा बढी उजुरी परेको छ । आयोगका अनुसार विभिन्न स्थानमा सरकारी, सार्वजनिक र गुठी जग्गा मिचिएको भन्दै ती उजुरी परेका हुन् ।

मन्त्रिपरिषद्को गत जेठ ६ गते बसेको बैठकले सो आयोग गठन गर्ने निर्णय गरेको थियो । आयोगले औपचारिक रुपमा भने जेठ २० गतेबाट काम थालेको आयोगका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिए । उनका अनुसार सरकारी, सार्वजनिक र गुठीका जग्गा मिचिएको भन्दै आयोगमा उजुरी आइरहेका छन् । आयोगले सार्वजनिक सूचना जारी गरेर सरकारी, सार्वजनिक र गुठीका जग्गा मिचिएको जानकारी भएमा उजुरी, सूचना र निवेदन आयोगमा पठाउन भनेको थियो ।

“देशका विभिन्न स्थानमा सरकारी, सार्वजनिक र गुठीको जग्गा मिचिएको भन्दै सयभन्दा बढी उजुरी, सूचना र निवेदन आएका छन्,” आयोग सदस्य अधिकारीले भने, “कतिपय उजुरीकर्ता आफैं आयोगमा आइरहनुभएको छ । केहीले टेलिफोन र ई–मेलबाट पनि सम्पर्क गर्नुभएको छ ।” सञ्चारमाध्यममा आएका सूचनाका आधारमा पनि आयोगले अनुसन्धान अघि बढाउन लागेको उनले जानकारी दिए ।  

KFC Island Ad
NIC Asia

आयोगले जेठ २१ गते सार्वजनिक सूचना जारी गरेको थियो । “सरकारी, सार्वजनिक, गुठी जग्गा कुनै व्यक्ति वा संस्थाले गैरकानुनी तरिकाले दर्ता गरी गराई हिनामिना गरेको सम्बन्धमा र सार्वजनिक हितका लागि समय–समयमा सरकारबाट अधिग्रहण तथा जफत गरिएका जग्गा हिनामिना भए गरेका सम्बन्धमा सूचना, जानकारी, निवेदन र उजुरी आयोगको ई–मेल, फ्याक्स वा हुलाकमार्फत् वा कार्यालयमा आफैं आई दिन सकिने’ भन्दै अध्यक्ष मोहनरमण भट्टराईले सूचना जारी गरेका थिए ।

विभिन्न मन्त्रालयमार्फत् सरकारी निकायहरु, प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमार्फत् पनि आयोगले सार्वजनिक, सरकारी र गुठीका जग्गा हिनामिना भएको जानकारी भए पठाउन भनिसकेको आयोग सदस्य अधिकारीले बताए ।

Royal Enfield Island Ad

जाँचबुझ आयोग ऐन २०२६ को दफा ३(२) बमोजिम सरकारले मोहनरमण भट्टराईको अध्यक्षतामा जानकीबल्लभ अधिकारी, जगतबहादुर देउजा र दुर्गा दाहाल सदस्य रहेको आयोग गठन गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव शंकर थापा आयोगका सदस्यसचिव छन् ।

सार्वजनिक जग्गा हडपेको सूचना जोकसैले दिए पनि अनुसन्धान अघि बढाउने आयोगले जनाएको छ । अदालतमा जस्तो उजुरीकै ढाँचामा उजुरी नचाहिने आयोगको भनाइ छ । आयोगमा उजुरी गर्न अदालतमा जस्तो कुनै हदम्याद पनि नलाग्ने आयोगले जनाएको छ । टेलिफोनबाट पनि आयोगसमक्ष उजुरी गर्न सकिन्छ । आयोगको ई–मेल ठेगाना उष्अि२mयअिउब।नयख।लउ, टेलिफोन नम्बर ४२००६७० मार्फत् पनि उजुरी गर्न सकिनेछ । 

त्यस्तै आयोगमा हुलाकमार्फत् ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबार, काठमाडौं’ ठेगानामा पनि सूचना दिन सकिनेछ । 

आयोगको कार्यकाल ६ महिना, यस्तो छ क्षेत्राधिकार

आयोग ६ महिनाका लागि गठन भएको हो । मूलतः यो आयोगलाई सरकारले अधिग्रहण गरेको जग्गा हिनामिना, सरकारी, सार्वजनिक र गुठीको जग्गा हिनामिनामा उजुरी कारवाहीको सिफारिस गर्नसक्ने क्षेत्राधिकार तोकिएको छ । त्यस्तै, सरकारी जग्गाको संरक्षण सम्बन्धमा यसअघि बनेका आयोगहरुले तयार गरेको प्रतिवेदन अध्ययन गरेर सुझाव दिन पनि भनिएको छ ।

आयोगले भूमिसम्बन्धी नीति, कानुन, कार्यविधि, प्रविधिसम्बन्धी सुझाव पनि दिन सक्नेछ । तथ्यांकहरुको अभिलेख राम्रोसँग नहुँदा नै सरकारी, सार्वजनिक र गुठी जग्गा हिनामिना भइरहेको भन्दै आयोगलाई सरकारी,  सार्वजनिक र गुठीको जग्गासम्बन्धी अभिलेख कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे सुझाव दिने अधिकार पनि छ । आयोगले सरोकारवालाहरुसँग छलफल पनि गरिरहेको बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro