site stats
बाह्रखरी :: Baahrakhari
देश
वन बन्दै बगर

दाङ । खासै चहलपहल नहुने घोराही उपमहानगरपालिका ५ खैरा कचिलास्थित बबई नदी किनारमा सोमबार बिहान भने मान्छेहरुको घुँइचो देखिन्थ्यो । उपमहानगरपालिकाका जनप्रतिनिधि, जिल्लाका सुरक्षाकर्मी, लाहुरे बन्न तालिमरत युवाहरु लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको जमात नदी किनारमा थियो । 

बबई नदीको बगर क्षेत्रमा करिब एक हजारको हाराहारीमा मान्छेहरु थिए । ती मान्छेले बबई नदीले बनाएको बगरलाई वनमा रुपान्तरण गर्न सो क्षेत्रमा वृक्षारोपण गरेका छन् । घोराही उपमहानगरपालिका र डिभिजन वन कार्यालय दाङको सहकार्यमा १५ बिघाहा क्षेत्रफलमा १५ हजार विभिन्न जातका बिरुवा रोपिएको छ  । सम्भवतः नेपालमै पहिलोपटक एकैदिनमा एकै स्थानमा यति ठूलो मात्रामा वृक्षारोपण गरिएको हो । उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बहुआयामिक फाइदाका लागि वृक्षारोपण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिए ।  

"यति ठूलो जनशक्ति परिचालन गरी १५ हजार बिरुवा रोप्ने काम सम्भवतः नेपालमै पहिलोपटक गरिएको छ," चौधरीले भने, "यसले यो क्षेत्रको जलवायु अनुकुलन, पर्यटन प्रबर्द्धन र नदीको कटान रोकनेमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरेका छौं ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चौधरीले खेर गइरहेको बगरलाई उत्पादनमुलक बनाउनका लागि पनि यस किसमको अभियानको थालनी गरिएको र उपमहानगरपालिकाका अन्य नदी क्षेत्रमा पनि स्थानीयसँगको सहकार्यमा बृहत वृक्षारोपण कार्यक्रमलाई अघि बढाईने जानकारी दिए । सोमबार स्थानीय, जनप्रतिनिधि, द व्रेभ गोर्खा, द लोटस गोर्खा, र स्यालुट गोर्खाका खैरा कचिला सामुदायिक वन  क्षेत्रमा वृक्षारोपण गरेका हुन ।  

साढे आठ लाख लगानी

सो क्षेत्रमा वृक्षारोपणका लागि डिभिजन वन कार्यालय दाङले साढे ८ लाख रुपैया लगानी गरेको छ । कार्यालयका प्रमुख दिपक ज्ञवालीले जिल्लाभरी ४० हेक्टर नदीले बगर बनाएको ४० हेक्टर जमिनमा यस किसमको बृहत वृक्षारोपण अभियानलाई अघि बढाइएको र घोराहीमा मात्र २९ हेकटरमा वृक्षारोपण गरिने जानकारी दिए । खयर, सिसौ जस्ता बहुआयामिक फाईदा हुने बिरुवा शुरुवाती चरणमा रोपिएको जानकारी दिँदै उनले स्थानीयले आर्थिक उपार्जन हुने खालका बिरुवा पनि रोप्न सक्ने बताए ।

संरक्षणको चिन्ता 

बृहत रुपमा वृक्षारोपण कार्यक्रम गरिएतापनि हाल ति रोपिएका बिरुवालाई संरक्षण गर्नेमा भने सरोकारवालको चिन्ता देखिन्छ । सोमबार खैरा कचिला क्षेत्रको बबई नदी किनारमा रोपिएको बिरुवालाई संरक्षणमा गर्ने भन्नेमा आफुहरु चिन्तित रहेको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले  बताए । 

हाललाई वृक्षारोपण गरिएको क्षेत्रमा वरिपरी तारजाली गरिए पनि त्यसबाट मात्र संरक्षण हुन नसक्ने उनले बताए  । ‘ उपमहानगरापालिकाले दिनदिनै गएर संरक्षण गर्न सक्ने अवस्था छैन ।  
 

प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २१:०३
प्रतिक्रिया दिनुहोस्