site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नौ वर्षसम्म पनि भेटिएनन् सञ्चारउद्यमी हेमराजका हत्यारा
SkywellSkywell

 दाङ । सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराजका हत्यारालाई कारबाही गर्न ढिलाइ भएको भन्दै परिवारजन तथा दाङगालीहरुले  चिन्ता व्यक्त गरेका छन् । अज्ञात समूहले २०६७ साउन ६ गते उरहरीको हेमनगरमा गोली हानी हत्या गरेको थियो । 

नौ वर्ष बितिसक्दा समेत सञ्चार उद्यमी हत्या गर्ने व्यक्तीको पहिचान हुन नसक्नु प्रहरी प्रशासनको कार्य कुशलता प्रति आशंका बढाएको बताएका छन् । रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष रहेका हेमराजलाई उरहरी ६ हेमनगरमा उरहरीबाट तुलसीपुर घर तर्फ आउदै गरेको अवस्थामा गोली हानी हत्या गरिएको थियो । 

KFC Island Ad
NIC Asia

अहिलेसम्म हत्यारा व्यक्ति र समूहको पहिचान हुन नसकेकाप्रति परिवारले आक्रोस पोखेका छन । तत्कालीन डिआईजी किरण गौतमको संयोजकत्वमा गठित केन्द्रीय अनुसन्धान समितिले छानबिन गरे पनि प्रहरीले सफलता हासील गर्न नसक्नु दुर्भाग्य पुर्ण भएको भन्दै तत्काल अनुसन्धान प्रतिवेदन सार्वजनीक गर्न माग गरेका परिवारको छ । 

प्रहरीले पटक पटक अपराधिको नजीक पुगि सकेको आश्वासन दिएतापनि हाल सम्म अपेक्षा गरे अनुरुप अराधिलाई पक्राउ गर्न नसकेको भन्दै दाङगालीहरुले आक्रोशित छन । हेमराज हत्या काण्डको बारेमा प्रहरीले पटक-पटक हत्याराको नजिक पुगेको बताउने गरे पनि यथार्थ भने अझैसम्म सार्वजनिक गर्न सकेको छैन । यो सवालमा प्रहरीले अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

Royal Enfield Island Ad

देबीप्रसाद धिताल हेमराज स्मृति प्रतिष्ठानले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न दवाव स्वरुप आज एक कार्यक्रम गरेको छ । आयोजित कार्यक्रममा आफुहरुले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उक्त घटनामा साक्षी कोही पनि नभएको र घटनाको अनुसन्धान गर्ने आधार भनेको आर्थिक कारोबार र शरिरमा रहेको बन्दुकको गोली नै त्यसको प्रमाण भएको भन्दै यसमा केही समयपछि अनुसन्धान गर्ने बताए । 

उक्त अनुसन्धानको फाईल पनि २०७४ साल माघमा हेडक्वाटरमा पुगिसकेको उनको भनाई छ ।  प्रमुख जिल्ल अधिकारी गोबिन्द रिजालले अनुसन्धान भईरहेको र पीडित पक्षले पनि पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराई राख्नुपर्ने बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ६, २०७६  २०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro