देश
दाङ । दाङमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जना महिलाको मृत्यु भएको छ । खेतमा रोपाइँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खाल्डोमा सुरुमा एकजना महिला हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन जाँदा अन्य दुई महिलाको समेत मृत्यु भएको बताइएको छ ।
डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र बसन्ता बिकको रहेको प्रहरीले जानकारी दिएको छ । शव पोस्टमार्टमका लागि घोराही ल्याइँदै गरेको प्रहरिले बताएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६ २०:२६
प्रतिक्रिया दिनुहोस्