site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेल, कोइराला र सिंहलाई तरुणहरुको दबाबः देउवाविरुद्ध एकजुट हुनुस्, म होइन हामी भन्‍नुस्
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध एकजुट हुन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई तरुण नेताहरुले दबाब दिएका छन् ।

बिहीबार नक्सालमा भएको भेलामा तरुण दलका करिब ४ दर्जन बढी पूर्वनेताहरुले पौडेल महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई एकैठाउँ राखेर देउवाविरुद्ध एक भएर उभिन दबाब दिएका हुन् । उनीहरुले म होइन हामी भनेर अघि बढ्न पौडेल,कोइराला र सिंहलाई दबाब दिँदै नेताहरुले आ–आफ्नो डम्फु बजाउने हो भने आउँदो महाधिवेशनमा पनि देउवा नै हाबी हुनेतर्फ सचेत गराएको एक तरुण नेताले जानकारी दिए ।

सहमतिका नाममा तरुण दललाई समाप्त गर्ने काममा सभापति देउवाको सहयोगी बनेको भन्दै वरिष्ठ नेता पौडेलको उनीहरुले चर्को आलोचना समेत गरेको एक सहभागीले बताए । पौडेलको प्रस्तावमा भुपेन्द्रजंग शाही हाल तरुण दलका महासचिव छन् । उनीहरुले तीन नेताहरुलाई एकै ठाउँमा राखेर तरुण दलका सयौं नेता,कार्यकर्तालाई बेरोजगार बनाएको, सहमतिका नाममा जे पनि गरेको भन्दै नेतृत्वविरुद्ध आक्रोस पोखेका थिए ।

KFC Island Ad
NIC Asia

 “शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध लड्न एक ठाउँमा उभिन दबाब दियौं,” तरुण दलका एक पूर्वपदाधिकारीले गोप्य भेलाबारे जानकारी दिँदै भने, “सहमतिका नाममा तरुण दललाई ४ जनामा सीमित गरियो । संगठन समाप्त गरिएकोमा धेरैको आक्रोस थियो ।”

अहिलेको तरुण दल केन्द्रीय समितिले काम गर्न नसकेकोमा पनि उनीहरुले असन्तुष्टि पोखे । तरुण दलका अध्यक्षमा देउवा समूहका जीतजंग बस्नेत, कृष्ण सिटौला समूहका उत्तम चापागाई. उपाध्यक्ष, पौडेल समूहका शाही महासचिव र खुमबहादुर खड्का समूहका विद्वान गुरुङ कोषाध्यक्ष छन् । केन्द्रीय समितिको कार्यकाल सकिनैलाग्दा समेत कार्यसमिति विस्तार हुन सकेको छैन । 

Royal Enfield Island Ad

स्रोतका अनुसार सो बैठकमा तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, तरूण पूर्व केन्द्रीय सदस्य मेदिनी सिटौला, तरुण नेताहरु हुर्मत न्यौपाने, कमल शाह,दामोदर कोइराला, लक्ष्मी खतिवडासहित करिब ४ दर्जन नेताहरु थिए । उनीहरुले अब पनि पौडेल,कोइराला र सिंह नमिल्ने हो भने अबको महाधिवेशनमा पनि देउवाकै नेतृत्व दोहोरिने भन्दै सचेत गराएका थिए ।

तरुणहरुको चर्को दबाबपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले तरुण दल गठन गर्दा कमजोरी भएको स्वीकार गरे । “अहिले पार्टी सञ्चालन नियमावली पनि अप्रजातान्त्रिक खालको आएको छ । केन्द्रमा देउवाविरुद्ध हामी लडिरहेका छौं,” पौडेलको भनाई उद्धृत गर्दै एक सहभागीले भने, “जिल्ला र क्षेत्रमा पनि देउवाविरोधीहरुलाई एक ठाउँमा ल्याउनुस् । केन्द्रमा लडेर मात्र पुग्दैन तपाईँहरु जिल्लामा पनि लड्नुस् ।” 

भेलामा सहभागी तरुण दलका पूर्वकेन्द्रीय सदस्यले मेदिनी सिटौलाले भने,"पार्टीलाई देउवा प्रवृतिबाट बचाउन जे-जे त्याग गर्ने हो गर्नुस् । कम्युनिस्टमुक्त नेपाल र देउवाप्रवृतिमुक्त कांग्रेस बनाउन तपाईंहरु एक भएर लड्नुको विकल्प छैन ।"

कोइराला र सिंहले पनि पौडेलले जसरी नै धारणा राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro