site stats
बाह्रखरी :: Baahrakhari
देश
भ्रष्टाचार भएको भन्दै दाङका सबै  स्थानीय तहविरुद्ध अख्तियारमा उजुरी

दाङ । दाङका सबै स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको छ । गत आर्थिक वर्षमा दाङका १० वटै स्थानीय तहविरुद्ध ३५ वटा भ्रष्टाचारका उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालजञ्जमा परेको जनाइएको छ । 

दाङका स्थानीय तहमा सबैभन्दा धेरै शान्तिनगर गाउँपालिकाको ७, तुलसीपुर उपमहानगरको छ, लमही नगरपालिकाको पाँच, बबई गाउँपालिकाको पाँच, घोराही उपमहानगरपालिका र राजपुर गाउँपालिकाको चार-चारवटा भ्रष्टाचारका उजुरी परेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी, दंगीशरण, बंगलाचुली, राप्ती र गढवा गाउँपालिकाको एक-एक ओटा गरी दाङका १० स्थानीय तहका ३५ वटा भ्रष्टाचार भएको भनी उजुरी परेको आयोगको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिए । ती उजुरीमाथि आवश्‍यक छानबिन सुरु भएकोसमेत आयोगले जनाएको छ । 

यसैबीच दाङमा अन्य सरकारी कार्यालयहरु समेतको गरी अघिल्लो आर्थिक बर्ष २०७५-७६ मा एक सय ११ वटा उजुरी आयोगमा परेको कार्यालय प्रमुख गैरेले जानकारी दिए । त्यसैगरी, आयोगले  अघिल्लो वर्षमा दाङका तीनजनासहित बाँके र बर्दियामा १३ वटा स्थानमा छापा मारेर १७ जना व्यक्तिहरुलाई घुस रकम सहित पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेमा वडा सदस्य, सर्वसाधारण, प्रहरी र सरकारी कार्यालयका प्रमुखदेखि अन्य तहका कर्मचारी समेत रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन २, २०७६  १७:४२
प्रतिक्रिया दिनुहोस्