site stats
बाह्रखरी :: Baahrakhari
देश
तुलसीपुरमा ‘एक घर, एक बिरुवा’ अनिवार्य

दाङ । तुलसीपुर उपमहानगरपालिका दाङले एक घर, एक बिरुवा अभियान सुरू गर्ने भएको छ । तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको जनाइएको छ । 

सडक किनारामा वृक्षारोपण गर्ने कामलाई उपमहानगरपालिकाले विगतदेखि नै निरन्तरता दिएको बताउँदै नगरप्रमुख घनश्याम पाण्डेले यसै वर्षबाट नयाँ अभियानलाई अगाडि बढाइने बताए । उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर अभियानको १ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले अभियानका क्रममा जनतामा सरसफाईका वारेमा चेतनाको विकास भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"हाम्रो फोहोर हामीले नै सफा गर्नुपर्दछ भन्ने मान्यताको विकास भएको छ," उनले भने । आगामी दिनमा अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउनका लागि दण्ड जरिवानाको समेत व्यवस्था गरिने उनको भनाई थियो । उनले अभियानका क्रममा निरन्तर रुपमा लाग्नेहरुलाई सम्मान गरिनेसमेत बताए । 

यो अभियान जनताको भएको भन्दै उनले जनताको सहभागिताका लागि आग्रह समेत गरे । सडक व्यवस्थापन अहिलेको चुनौति भएको भन्दै उनले त्यसलाई समाधानका लागि संघ र प्रदेशसँग पहल गरिने समेत बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्