site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'धर्मप्रचारकको टोपी लगाएर धर्म-संस्कृति मास्न खोजियो'
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकारबीच राष्ट्रिय सभामा दर्ता भएको ‘गुठीसम्बन्धि कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक ०७५’ लाई लिएर जुहारी चलेको छ । सोमबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए । 

खाँणले सनातनदेखि चल्दै आएको धर्मसंस्कृतिको संरक्षण गर्ने प्रतिवद्धता संविधानले जनाएको भएपनि सरकारले ल्याएको गुठीसम्बन्धी विधेयकले धर्म, संस्कृति र सम्पदामाथि गम्भिर प्रहार गरेको बताए । आइतबार सो विधेयकको विरुद्धमा शान्तिपूर्ण रुपमा भेला भएका नागरिकमाथि बर्बरतापूर्ण आक्रमण भएको भन्दै उनले सो घटनाको भर्त्सना गरे । सो घटनामा लाठी वर्षाउने र घाइते बनाउनेमाथि उचित छानविन गरेर कारवाही गर्न पनि उनले माग गरे । 

“सरकार आफैंले नै राज्यकोषबाट ठूलो धनराशि खर्चेर होली वाइन छर्कंदै हिँड्छ सम्माननीय सभामुखज्यू । यसैबापत धर्मप्रचारक विश्वविद्यालयले पीएचडीको टोपी लगाइदिन्छ,” खाँणले भने, “धर्मप्रचारकको टोपी लगाएर नेपालको पुरातन धर्म, संस्कृतिमाथि सरकारले प्रहार गर्दैछ । यो घोर आपत्तीजनक छ ।” संविधान विपरीत विधेयकहरु बारम्बार संसदमा सरकारले प्रवेश गराएको भन्दै उनले संविधानको गम्भीरतापूर्वक अध्ययन गर्न पनि आग्रह गरे । संविधानको पालना गराउनुपर्ने सरकार नै संविधान उल्लंघनमा लाग्नु आपत्तिजनक भएको खाँणको भनाइ थियो । 

KFC Island Ad
NIC Asia

संघसंस्था खोल्न पाउने, विरोध गर्न पाउने आम नागरिकको अधिकारको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराउँदै खाँणले सरकार गम्भीर नभएसम्म संसद चल्न नसक्ने बताएपछि कांग्रेस सांसदहरु उठेका थिए । तर, सभामुख महराले गुठी विधेयककै विषयमा अरु सांसदले पनि बोल्न चाहेको भन्दै बस्न आग्रह गरेपनि कांग्रेस सांसदहरुले सरकारको जवाफ नआएसम्म नबस्ने बताए । 

कांग्रेस सांसदहरु उठिरहेकै अवस्थामा सभामुख महराले सत्तारुढ दल नेकपाकी सांसद पम्फा भुषाललाई बोल्न समय दिए । भुषालले पनि गुठीयारसँग सल्लाह नगरी ल्याइएको विधेयक फिर्ता लिन माग गरिन् । 

Royal Enfield Island Ad

पद्मा भर्सेस पुष्पा

संसदमा प्रमुख प्रतिपक्षी दलले उठेर असहमति जनाएपछि बैठक अवरोध भएको मानिन्छ । त्यस्तो अवस्थामा संसद चलाउनु राम्रो मानिन्न संसदीय पद्धतिमा । तर, सभामुख महराले भुषालपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याललाई बोल्न समय दिए । मन्त्री अर्याल रोस्ट्रममा आइरहेका बेलामा सभामुख महराले पुनः खाँणलाई बोल्नका लागि समय दिए । सो क्रममा खाँणले प्रतिपक्षी दलका सांसद उठिरहेका बेला संसद सञ्चालन गर्नु कार्यविधि विपरीत रहेको भन्दै नियमापत्ति जनाए । तर, सभामुख महरा रोकिएनन् र बोल्नका लागि मन्त्री अर्याललाई समय दिए । 

मन्त्री अर्यालले विधेयकको बचाउ गर्दै संविधानको भावनाअनुसार नै विधेयक आएको दाबी गरिन् । “धर्म, संस्कृति प्रतिकूल हुनेगरी विधेयक आएको छैन । सनातन धर्मको संरक्षण गर्नका लागि विधेयक परिष्कृत भएर आएको छ,” मन्त्री अर्यालले भनिन्, “हिजोको गुठी विधेयक र आजको विधेयकमा तात्विक भिन्नता छैन । संविधानलाई कार्यान्वयन गर्ने हिसाबले विधेयक आएको छ ।” सनातन धर्म परम्परा विपरीत विधेयक आएको प्रतिपक्षी दल कांग्रेसको आरोपको खण्डन गर्दै उनले विधेयकमा सन्देह नगर्न पनि आग्रह गरिन् । उनले ०४१ सालदेखि ०६१ सालसम्म साढे १४ लाख विघा गुठीको जमिन रैतानीमा परिणत भएको भन्दै बाँकी जग्गाको सम्बन्धमा अहिलेको कानुनले बोलेको बताइन् । 

उनीलगत्तै संसदमा आफ्नो धारणा राखेकी कांग्रेस सचेतक पुष्पा भुषालले मन्त्री अर्यालले भनेजस्तो विधेयक संविधानको मर्मअनुसार नभएको भन्दै विधेयकमाथि आपत्ति जनाइन् । विधेयकले सनातनदेखिको गुठी परम्परा समाप्त गर्न खोजेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । “रितिथिती, परम्परा नामेट गर्न खोजेको हो ?” भुषालले प्रश्न गरिन्, “यस्तो महत्वपूर्ण विषयमा संसदमा छलफल चलाउँछु भनेर सरकार पन्छन सक्दैन ।” मन्त्री अर्यालले विधेयक संसदमा छलफलका क्रममा सोमाथि धारणा राख्न सांसदहरुलाई त्यसअघि आग्रह गरेकी थिइन् । भुषालले मायतीघरमा गुठीयारमाथि भएको प्रहरी दमनको विरोध गर्दै सोबारे गृहमन्त्रीको जवाफ माग गरिन् । “कुन कानुनको कुन धारामा लठ्ठी वर्षाउने अधिकार दिइएको छ ? गृहमन्त्रीले संसदमा जवाफ दिनुपर्छ,” उनले भनिन् । 

सो घटनाका बारेमा आफूले सरकारको ध्यानाकर्षण गराउने भन्दै सभामुख महराले बैठक चलाउन खोजेका थिए । गृहमन्त्री रामबहादुर थापा संसदमा उपस्थित नभएकाले बसिदिन महराले पटक–पटक आग्रह गरेपनि कांग्रेस सांसद मिनेन्द्र रिजाल र प्रमुख सचेतक खाँणले जवाफ नआई आफूहरु नबस्ने अडान लिएपछि १५ मिनेटलाई संसद बैठक स्थगन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  १२:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro