site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
यूएईका उपप्रधानमन्त्री शेख अब्दुल्लाह काठमाडौंमा, द्विपक्षीय भेटवार्ता आजै

काठमाडौं । संयुक्त अरब इमिरेट्सका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मंगलबार साँझ काठमाडौं आइपुगेका छन् ।

यूएईका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी, परराष्ट्र सचिव अमृतबहादुर राई र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए । 

Argakhachi Cement Island Ad

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीका साथ परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सयेघ, आर्थिक तथा व्यापार मामिलाका सहायक मन्त्री सइद मुबारक रशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिलाका सहायकमन्त्री अब्दुल्लाह बलाला र यूएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार यूएईका उपप्रधानमन्त्रीले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको  प्रतिनिधिमण्डलसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न यूएई प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०६:२७
प्रतिक्रिया दिनुहोस्