site stats
बाह्रखरी :: Baahrakhari
देश

दाङ । पाँच जना विद्यार्थीको हात भाँचिने गरी कुटपिट गरेकी रोल्पाको रुम्टीगढी गाउँपालिका ८ भानु आधारभूत विद्यालयकी निमित्त प्रधानाध्यापक लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा चलाएको छ।

सोमबार विद्यालय छुट्टी भएपछि निमित्त प्रधानाध्यापक पुनलाई इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी निरीक्षक मेघनाथ चौलागाईंको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पुनले विद्यार्थीलाई कुटपिट गरी हात नै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी दीपक खड्काले शिक्षिका पुनलाई पक्राउ गर्न निर्देशन दिएका थिए।

इलाका प्रहरी कार्यालय होलेरीका प्रमुख प्रहरी निरीक्षक मेघनाथ चौलागाईंले विद्यार्थी कुटपिट गर्ने निमित्त प्रधानाध्यापकलाई म्याद थपका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  २१:३६
प्रतिक्रिया दिनुहोस्