site stats
बाह्रखरी :: Baahrakhari
देश
कार्यशैलीमा पारदर्शिता हुनुपर्दछः सूचना आयुक्त बास्कोटा

दाङ । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले जनतामा सूचनाको हककाबारे जानकारी राम्रोसँग नहुँदा अनियमितता र भ्रष्टाचार मौलाएको बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको पूर्वबजेट तथा योजनाबारे अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले गाउँगाउँमा सिंहदरबारसँगै भ्रष्टाचार पनि गएको भन्ने जनताको गुनासो व्याप्त रहेको बताए ।  संघीयताको महसुस हुनेगरी हरेक पालिकाले पहिचान बनाउनुपर्ने कुरामा जोड दिएका उनले पालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिको भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनताको सेवालाई जनप्रतिनिधिले पहिलो प्राथमिकता दिनुपर्ने बताए । जनप्रतिनिधिले लोकप्रियताका लागि ठूलो-ठूलो सपना बाँड्नेभन्दा पनि के काम गर्न सकिन्छ भन्‍नेबारेमा ध्यान दिएर काम गर्नुपर्ने उनको भनाई थियो । 

"धेरै ठूला सपना बाँड्नेभन्दा पनि साना साना व्यवहारिक र जनताको जीवनसँग जोडिएका कुरामा ध्यान दिनुपर्दछ", मुख्य आयुक्त बास्कोटाले भने । हरेक पालिकाहरुले नमुना योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने भन्दै बास्कोटाले स्थानीय तहका आएको अधिकारकाबारेमा स्वयम् जनप्रतिनिधिसमेत अन्योलमा रहेको बताए ।्

"नेपालमा अहिले ३ वटा प्रधानमन्त्री रहेका छन्, एउटा केन्द्रमा अर्को प्रदेशमा र अर्को स्थानीय तहमा", बास्कोटाले भने । उनले स्थानीय तहको अधिकार खुम्च्याउने दाउँमा केन्द्र र प्रदेश लागेको बताउँदै स्थानीय सरकारले त्यसमा गम्भीर भएर ध्यान दिनुपर्ने कुरामा जोड दिए ।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  २२:५१
प्रतिक्रिया दिनुहोस्