site stats
बाह्रखरी :: Baahrakhari
देश
बाँकेमा 'लू' ले जनजीवन कष्टकर, सरुवा रोगका बिरामी बढे

दाङ । बाँकेमा तातो हावा 'लू' ले जनजीवन कष्टकर बनेको छ ।

दुई सातादेखि ४३ डिग्री सेल्सियससम्म तापक्रम बढेपछि दिउँसोको समयमा घरबाट बाहिर निस्कनै नसक्ने अवस्था सिर्जना भएको छ । अत्यधिक गर्मी तथा तातो हावाका कारण ग्रामीण क्षेत्रका विद्यालयको पठनपाठनसमेत प्रभावित भएको पत्रकार नरेन्द्र थापाले बताएका छन । त्यहाँका अधिकांश शिक्षण संस्थाको अध्ययन अध्यापन बिहानको समयमा हुने गरेको थापाले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्तिको समय घटाएको छ । विद्युत आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पुर्‍याएको छ ।

अत्यधिक गर्मी र लूले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल बढेको छ । गर्मी बढेसँगै छाला, दम, टाइफाइड, ग्यास्ट्रिक, झाडापखालालगायतका बिरामीको संख्या धेरै छ।

प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६  १५:४९
प्रतिक्रिया दिनुहोस्