site stats
बाह्रखरी :: Baahrakhari
देश
आगलागीका कारण दाङमा १० महिनामा नौ जनाको मृत्यु 

दाङ । दाङमा यस आर्थिक वर्षमा भएको आगलागीमा परेर नौ जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा मृत्यु भएका मध्य अधिकांश बालबालिका छन् ।

आगलागीका कारण बबई गाउँपालिका-७ निवासी रामकली घर्तीका १० वर्षीय छोरा राजु घर्ती, राप्ती गाउँपालिका वडा नं १ बगासोती निवासी निवासी हिमाल रानामगरकी करिब एक वर्षीया छोरी संगीता रानामगर, राप्ती गाउँपालिका वडा नं ७ छोड्की सिसहनियाँ निवासी ८० वर्षीय जीउरखन चौधरीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 
त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १९ सैघा निवासी दलबहादुर खत्रीका चार वर्षीय छोरा हिमाल खत्री र सुनसरी जिल्ला घर भई तुलसीपुरमा व्यवसाय गर्दै आएका अजय उदाउँको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै बंगलाचुली गाउँपालिका-८ गुराँसेका नवराज पुनका सात वर्षीय छोरा कृष्ण पुन, पाँच वर्षीय अस्मीता पुन र अढाई वर्षीया अञ्जु पुन र बबई गाउँपालिका वडा नं ७ पातुखोलास्थित धनबहादुर बोटेकी आमा ७५ वर्षीया डल्ली बोटेको आगलागीका कारण मृत्यु भयो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो आर्थिक वर्ष एक सय तीन वटा स्थानमा भएका आगलागीका घट्नामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीका कारण ७० वटा कच्ची घर, तीनवटा पक्की घर र ३१ वटा गोठमा क्षती पुगेको छ । आगलागीका कारण यो आर्थिक वर्ष जिल्लामा ३७ वटा चौपायाको मरेका छन् भने आठवटा चौपाया घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक बिनोदविक्रम शाहले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आगलागीका कारण एक करोड ३४ लाख ३५ हजार छ सय २० रुपैयाँ बराबरको क्षती भएको छ । आगो सम्बन्धी सामान्य सावधानी अपनाउन नसक्दा जिल्लामा धेरै आगलागीका घट्ना भएको उप्रहरी नायब उपरीक्षक शाहले बताए । सोलारको ब्याट्री पड्किएर, चुरोट खाँदा कपडामा सल्किएको आगो घरमा लागेरलगायतका  कारण घरमा आगलागी हुने गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०७६  १४:३८
प्रतिक्रिया दिनुहोस्