site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु
SkywellSkywell

दाङ । एचआईभी एड्सका कारण सल्यानमा आठ जनाको मृत्यु भएको छ । विसं २०६८ देखि हालसम्म संक्रमित आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २० देखि ६० वर्ष उमेरका छन् । अहिले जिल्लामा एचआईभी संक्रमितको संख्या ३० रहेको सो क्षेत्रमा काम गर्दै आएको संस्था शारदा प्लसले जनाएको छ । जसमध्ये १२ जना बालबालिका रहेका छन् । संक्रमित बालबालिकामध्ये पाँच जना काठमाडौँका बेवी केयर होममा रहेका प्लसका टोलीनेता थमन विष्टले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

जसमध्ये सात जना बालबालिका जिल्लाबाहिर रहेका र बाँकी १८ जनाले भने जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका उनले जानकारी दिए । जिल्ला अस्पतालबाट एआरटी सेवा लिइरहेका १८ मा १० महिला र आठ पुरुष छन् ।  

संक्रमित पनि अरू व्यक्तिसरह नै विभिन्न व्यवसाय गर्दै आएका छन् । “एचआईभी संक्रमितमध्ये दुई जनाले अटो व्यवसाय गरिरहेका छन्, अरू पनि आ-आफनै व्यवसाय सञ्चालन गरिरहेका छन्”, विष्टले भने, “पहिले संक्रमितहरु बाहिर खुलेर आउन चाहँदैनथे, तर अहिले सजिलो भएको छ ।”
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro