site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढोलाहिटी–चापागाउँ–लेले सडकमा स्थानीयको अवरोध जारी, पुरानो रेटमा काम गर्न सकिँदैनः ठेकेदार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । शुक्रबारबाट अवरोध भएको ललितपुरको चापागाउँ सडक ४ दिनसम्म पनि सञ्चालनमा आएको छैन । ०७२ सालमा २० मिटरमा विस्तार सुरु भएको सडक ४ वर्षसम्म पनि निर्माण सम्पन्न भएको छैन । 
सर्वोच्च अदालतलले सडक विस्तार गर्दा भत्काइने संरचनाको क्षतिपूर्ति र जमिनको मुआब्जा दिन गएको असारमा अन्तरिम आदेश दिएपछि सडक विस्तार समयमै सम्पन्न हुन नसकेको सडक विभाग उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता इन्जिनियर विश्वविजयलाल श्रेष्ठले बताए ।

ढोलाहिटी–चापागाउँ–लेले करिब १२ किमि सडक विस्तार र पिच गर्ने ठेक्का कन्टेक निर्माण सेवा प्रालिले लिएको हो । सडक विभागले एग्रिमेन्टअनुसार साइट क्लियर नगरेको भन्दै कम्पनीले काम गर्न नसकेपछि सडकमा बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती सर्वसाधारणले बेहोर्दै आएका छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको वर्ष नै मन्त्रिपरिषद् बैठकले उपत्यकामा विस्तारका लागि सुरु गरिएका सडकमा उपलब्ध भएको र विवाद नभएको स्थानमा कालोपत्रे गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि काठमाडौंको त्रिपुरेश्वर–नागढुङ्गा सडकको केही स्थान शैलुङ, कान्छाराम र शर्मा कन्स्ट्रक्सन जेभीले पिच गरेका छन् । 

तर, चापागाउँ खण्डको सडक कन्टेक निर्माण प्रालिले पिच गर्न नमानेको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए । “नाली नबनाई पिच गर्दा बर्खामा पानीले पिच उप्किने भन्दै ठेकेदार कम्पनीले सडक पिच गर्न मानेको छैन । स्थानीयको माग जसरी पनि सडक पिच गर भन्ने छ,” मेयर महर्जनले बाह्रखरीसँग भने, “एग्रिमेन्टअनुसार २० मिटर साइट क्लियर भएपछि मात्र पिच गर्ने कम्पनीको अडान हो । हामीले उसलाई स्थानीयको मर्का बुझेर काम गर्न अनुरोध गर्दैछौं ।”

Royal Enfield Island Ad

स्थानीयको अवरोधका कारण सोमबारसम्म त्यहाँको सडक पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । स्थानीय तह, प्रशासन र राजनीतिक दलका प्रतिनिधिले आफ्नो माग बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । आइतबारबाट सडक निर्माण संघर्ष समितिले सडक कालोपत्रे नभएसम्म सडक बन्द गर्न आह्वान गरेको छ ।

चापागाउँको टाहाखेलदेखि धापाखेल दोबाटोका विभिन्न स्थानमा स्थानीय सडकमै टेन्ट गाडेर बसेको स्थानीय ललितबहादुर खड्काले बताए । स्थानीयको अवरोधका कारण एम्बुलेन्स र खानेपानी ट्याङ्करसमेत चल्न पाएका छैनन् । 

उक्त सडकमा शुक्रबारदेखि नै सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । “स्थानीयले सडक अवरुद्ध पारेर समस्या समाधान हुने होइन । पहिला विभागले हामीसँग गरेको एग्रिमेन्टअनुसार साइट क्लियर गरोस्, त्यसपछि मात्र हामी काम गर्छौं,” कन्टेक निर्माण प्रालिका मेनेजर उद्ववप्रसाद भण्डारीले भने, “अब पुरानो रेटमा काम गर्ने अवस्थामा हामी छैनौं । भौतिक मन्त्रीले नयाँ रेट बनाएर काम गर्न भनेपछि हामी काम गर्छौं ।”


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro