काठमाडौं । धितोपत्र बजार बुधबार पूनः घटेको छ । सेयर बजारमा नेप्से परिसूचक १३ सयको अंक नाघेर पूनः ओरालो लागेको हो ।
यसअघि पनि निरन्तर बढिरहेको नेप्से परिसूचकमा १३ सयको बिन्दु पार गरेपछि केही दिन करेक्सन आएको थियो ।
साताको चौथो दिन नेप्सेमा कारोबार मापन इन्डेक्स ३ दशमलव ६८ अंकले घटेर १ हजार २ सय ९७ दशमलव ६ अंकमा कायम भयो । नेप्से घटेको दिन सेन्सिटिभ इन्डेक्स पनि १.१७ अंकले घट्यो ।
कारोबार सु भएको केही मिनेट घट्न थालेको बजार त्यपछि सुधारिन प्रयास गरेपनि त्यो सुधार कायम हुन सकेन । अन्ततः बजारमा लगानीकर्ताको असहभागीता क्रमशः कम हुँदै गयो । यसक्रममा बजारमा ५० करोड ७९ लाख रुपैयाँको १ सय ७५ कम्पनीका १९ लाख ७ हजार कित्ता सेयर किनबेच भए । कारोबार मंगलबारभन्दा २२ करोड कम हो ।
नेप्स ेबढेको दिन सिभिल बैंकको सेयरको सर्वाधिक कारोबार भएका छ । बैंकको एकैदिन ५ करोड ५३ लाख रुपैयाँको सेयर पकनबेच भए । नेप्से घटेको दिन कारोबारमा आएका ११ समूहमध्ये ८ समूहको समूहगत उपसूचक घटेको छ । घट्नेमा होटल समूह सर्वाधिक ओरालो लाग्यो ।