site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चार महिनापछि नेपालको आफ्नै रेल ! विभागका महानिर्देशक भन्छन्–‘लिक’ छँदैछ चढ्न पाइन्छ
SkywellSkywell

काठमाडौं । अबको चार महिनासम्ममा नेपालले अर्डर गरेका दुईवटा रेल नेपाल आइपुग्ने भएका छन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले बाह्रखरीसँगको कुराकानीमा भने,‘‘५ महिनाभित्रै नेपालीले आफ्नो रेल चढ्न पाउने अवस्था हुन्छ ।’’

महानिर्देशक मिश्रका अनुसार नेपालका तर्फबाट भारत सरकारसमक्ष रेलको अर्डर गइसकेको छ । भारत सरकारले आफ्नो देशको रेल बनाउने सरकारी कम्पनीलाई पनि त्यसबारेमा कुरा गरिसकेको छ ।  मिश्रले भने,‘‘भारतमा चुनाव चलिरहेकोले पछिल्लो समयमा त्यहाँ कुरा गर्न पाएका छैनौं । तर, काम भइरहेको थाहा छ ।’’ 

उनका अनुसार पहिलो रेल बनेको १ महिनाभित्रमा दोस्रो रेल बनाइसक्ने कम्पनीको प्रतिबद्धता छ । पहिलो बन्न भने ३ महिना लाग्ने नेपाललाई जानकारी दिइएको छ । ‘‘यसको मतलब चार महिनामा दुबै रेल आइपुग्छन् । लिक बनिसकेकै छ । त्यसैले आएपछि तत्कालै चल्न थालिहाल्छ,’’ उनले भने ।

KFC Island Ad
NIC Asia

उनका अनुसार दुईवटा रेल खरिदका  लागि ८५ करोड रुपैयाँको जोहो भइसकेको छ । रेल लिने बेलामा नै सो रकम दिने हो । ५ सय सिटका ती रेलमा उभिएर १ हजार ३ सयसम्म मानिस यात्रा गर्न सक्नेछन् । नेपालले खरिद गर्न लागेको रेल ‘डेमु’ अर्थात् डिजेल इलेक्ट्रिक मल्टिपल युनिट हो । महानिर्देशक मिश्रले भने,‘‘यो रेल ‘ब्रान्ड न्यु’ हो । पछिल्लो समय संसारमा चलेको रेल यसै खालको हो । रेलमा डबल इन्जिन हुने भएकोले  घुमिरहनु पर्ने झन्झट छैन ।’’

नेपालले अहिले खरिद गर्नका लागि अर्डर गरेका रेल भारतको  जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म निर्माण गरिएको ३५ किलोमिटर लामो रेल मार्गमा चलाउन लागिएको हो । त्यहाँ ब्रोडगेज रेल चल्नेछ ।  जयनगरदेखि जनकपुरसम्म २९ किलोमिटर र जनकपुरबाट कुर्थासम्मको ६ किलोमिटर गरी उक्त रेलमार्ग ३५ किलोमिटरको छ । पछि त्यसलाई विस्तार गरेर कुल ५२ किमी बनाइने कार्यक्रम छ । 

Royal Enfield Island Ad

राणा शासन कालमा न्यारो गज रेलवे बृटिश सरकारले सन् १९७२ मा बनाइदिएको थियो । ३९ किमी लामो सो रेलले भारतको रक्सौल र नेपालको अमलेखगञ्जलाई जोडेको थियो । त्यहाँबाट भीमफेदीसम्म हेभी इक्वीपमेन्ट लैजान सजिलो पारिएको  थियो । भीमफेदीबाट काठमाडौं पैदल आउने गरिन्थ्यो । 

दोस्रो, बेलायतले नै सन् १९३७ मा बनाइदिएको ४५ किमी लामो रेलमार्ग जयनगरबाट–जनकपुरसम्म  नेपालको   काठ भारत लैजानको लागि बनाइएको थियो ।  पछि त्यसलाई बिजलपुरासम्म विस्तार गरिएको हो ।  रक्सौल—अमलेखगञ्ज रेलवे ट्रयाक सन् १९६५ सम्म अपरेसनल रहेकोमा जनकपुर र बिजुलपुराबीचको रेलवे लाइन सन् २००१ मा बन्द भएको थियो । 

अन्य रेलमार्ग कहिले ?

महानिर्देशक मिश्रले पूर्व पश्चिम रेलमार्ग, केरुङ—काठमाडौं, काठमाडौं—पोखरा, रक्सौल–काठमाडौ लगायतका रेलमार्गको  अध्ययन भइसकेको चर्चा गर्दै  काठमाडौंभित्र मोनोरेलको लागिपनि विभिन्न कम्पनीले प्रस्ताव गरेको जनाए । 

उनले रेलयात्राको हिसाबले विश्वकै चर्चित स्थान भारत र चीननै भएको र ती दुवै राष्ट्रसँग जोड्ने रेल हामीले बनाउने कुरा रहेकोले त्यसमा खास समस्या नपर्ने बताए । तर, मोनोरेलको हकमा भने अहिले अन्य देशमा त्यो खालको रेल ‘फेजआउट’ भइसकेकोले खास उपलब्धीमुलक नहुने हो कि भन्ने अवस्था रहेको बताए ।

‘‘गाह्रो काम छैन । तर गफ गरेर मात्रै पनि हुँदैन । पहिला त बजेट छुट्याउनुपर्यो । रेल कुद्ने ठाउँका जनतालाई जग्गाको मुआब्जा दिनका लागि आवश्यक योजना ल्याउनुपर्यो । रेल कुद्ने स्थानमा जनताले अन्य संरचना बनाउन थाले भने पछि अप्ठेरो पर्न सक्छ ।  त्यसैले हामीले तत्कालै त्यसतर्फ ध्यान दिनु जरुरी देखिएको छ,’’ महानिर्देशक मिश्रको भनाई थियो । 

चीनसँगको कुरा के हो ?

चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना अन्तर्गत नेपालमा सीमापार रेल ल्याउने बारेमा हालै भएको बीआरआईको दोस्रो सम्मेलनका क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा नेपाल जोड्ने रेललाई पनि प्राथमिकताको सूचीमा राखिएको छ । 

सो सम्मेलनमा भाग लिएर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मात्रै स्वदेश फर्केकी छन् । त्यसबारेमा रेल विभागले चाहिँ के गर्दैछ त ? महानिर्देशक मिश्रले भने,‘‘त्यसबारेमा परराष्ट्र मन्त्रालयलाई नै थाहा होला । हामी समक्ष सबै कुरा आइसकेको छैन । त्यहाँबाट जसरी कुरा आउँछ त्यसअनुरुप नै हामी अघि बढ्ने हो ।’’
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro