देश
काठमाडौं ।
अफगानिस्तानको राजधानी काबुल नजिकै बसमा आत्मघाती आक्रमण हुँदा १४ जना नेपालीको ज्यान गएको अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयले पुष्टि गरेको छ ।
स्थानीय समय अनुसार विहान पौने ६ बजे नेपाली सुरक्षागार्ड सवार बसमा आत्मघाती विस्फोट भएको थियो ।
अफगानिस्तानको आन्तरिक मामला मन्त्रालयका अनुसार १४ जना नै नेपाली कामदार हुन् ।
विस्फोटमा परि ९ जना घाइते भएका छन् । त्यसमध्ये पाँच नेपाली छन् भने चार जना अफगानी रहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ
प्रकाशित मिति: सोमबार, असार ६, २०७३ १६:१३
प्रतिक्रिया दिनुहोस्