site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मियामीको जितमा मेसीको गोल

काठमाडौं । कप्तान लियोनल मेसीको गोलप्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा एटलान्टा युनाइटेडविरुद्ध २–१ को जित निकालेको छ । सोमबार बिहान एटलान्टाको मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याउँदै मियामी विजयी भएको हो ।

खेलको ११औँ मिनेटमा इमान्युयल लाट्टले लाथले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर, २०औँ मिनेटमा मेसीले गोल गर्दै मियामीलाई खेलमा फर्काए ।

यस्तै, खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा फाफा पिकाउल्टले गोल गरेपछि मियामी २–१ ले विजयी भयो ।

जारी सिजन एमएलएसमा चार खेल खेल्दा मियामी अपराजित छ । एमएलएस इस्र्टन कन्फेरेन्सको शीर्ष स्थानमा आसीन मियामीले १० अंक जोडेको छ । समान खेलबाट चार अंकको एटलान्टा तालिकाको १२औँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro