site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दान गर्न सकिन्छ आमाको दूध

काठमाडौं । सुत्केरी महिलाले आफ्नो दूध दान पनि गर्न सक्छिन् । आफ्नो शिशुलाई पर्याप्त मात्रामा दूध पुग्ने महिलाले दान गर्न सक्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

“आफ्नो शिशुलाई पर्याप्त मात्रामा दूध पुग्ने आमाहरूले बढी भएको दूध दान गर्न सक्छिन्,” केन्द्रले भनेको छ ।

आफ्नो शिशुलाई खुवाएर बढी भएको दूध दान गर्न केन्द्रले आग्रह पनि गरेको छ । “आफ्नो शिशुलाई खुवाएर बढी भएको दूध दान गरी नवजात शिशुलाई बचाउनुहोस् र पुण्य कमाउनुहोस्,” केन्द्रले भनेको छ । 

जति बढी नवजात शिशुलाई खुवायो वा दान गर्‍यो उत्तिकै मात्रामा दूधको उत्पादन बढ्ने केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro