site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेवानिका नयाँ विमानले अझै उडान भर्न सुरु गरेनन्

काठमाडौं । नेपाल एयरलाइन्स (एनएसी) ले केही समयअगाडि ल्याएको नयाँ चिनियाँ विमानले अझै पनि उडान भर्न सकेको छैन । मंगलबार उडान भर्ने तयारी गरेको निगमले आन्तरिक कारण भन्दै बुधबार (आज) का लागि परीक्षण उडान सार्ने जनाएको थियो । तर, बिहीबार पनि नयाँ विमानले उडान भर्न नसक्ने निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए ।

“हिजोबाट उडान भर्ने तयारी गरिए पनि कागजी प्रक्रिया पूरा नभएकाले गर्न सकिएन,” श्रेष्ठले भने, “अब पर्सिबाट मात्रै नयाँ विमानले नियमित रूपमा उडान भर्नेछन् ।” विमानमा समस्या नआए पनि कागजी प्रक्रिया पूरा गर्न पनि केही समय लाग्ने श्रेष्ठको भनाइ छ ।

निगमका नयाँ विमानले पनि पुरानै गन्तव्यमा उडान भर्नेछन् । “नयाँ गन्तव्य तय भएको छैन,” प्रवक्ता श्रेष्ठले भने, “पुरानै गन्तव्यमा थप उडान गर्नेछौं ।” अहिले निगमले चार वटा विमानबाट २० वटा गन्तव्यमा सेवा दिइरहेका छन् ।

एनएसीले माघमा मोडर्न आर्क एमए–६० र वाई–१२–ई ल्याएको थियो । अहिले निगमसँग आन्तरिक उडानका लागि ६ वटा विमान छन् । अहिले निगमका दुई वटा एमए ६०, दुई वटा वाई १२ र दुई वटा ट्विनअटर विमान छन् । आन्तरिक उडानमा रहेको एउटा ट्विनअटर विमान भने बिग्रिएकाले अहिले मर्मतका क्रममा छ ।

सहुलियत ऋणमा निगमले गरेको सम्झौताअनुसार चीनबाट अझै दुई वटा विमान ल्याउन बाँकी छ । थप दुई विमान भित्र्याएपछि निगमसँग आन्तरिक उडानका लागि ९ वटा विमान हुनेछन् । निगमले वाई १२ ई कल साइनका दुई वटा विमान चाँडै ल्याउने तयारी भइरहेको छ ।
निगमले २०७१ वैशाखमा चीनबाट पहिलो जहाज एमए–६० र कात्तिकमा वाई–१२ ल्याएको थियो ।

फेवा नाम दिइएको कल साइन ‘नाइन एन एकेआर’ को ५६ सिट क्षमताको नयाँ विमान एमए–६० ले दैनिक काठमाडौं–विराटनगर–काठमाडौं र धनगढी उडान भर्नेछ भने हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) काठमाडौं–भद्रपुर उडान भर्नेछ । यस्तै एमए–६० ले हप्तामा तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं–भैरहवा उडान भर्नेछ । यी पुरानै गन्तव्य हुन् ।

यस्तै गौंथली नाम दिइएको नाइनएन–एकेटी कल साइनको १७ सिट क्षमताको वाई–१२–ई ले काठमाडौं–पोखरा दैनिक दुई उडान र नेपालगन्ज एउटा उडान भर्ने र काठमाडौं–भैरहवा रुटमा हप्तामा चार दिन (आइतबार, सोमबार, मंगलबार र शुक्रबार) उडान गर्नेछ ।
प्रवक्ता श्रेष्ठले हप्ताको तीन दिन (बुधबार, बिहीबार र शनिबार) काठमाडौं–सिमरा उडान भर्ने जनाए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ११, २०७३  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro