site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेकपाका भ्रातृ संगठन भताभुङ्ग, नेतृत्वले पार्‍यो गाँठो
SkywellSkywell

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको एकता दश महिनाको अन्तरालमा पनि आधारभूत तहसम्म विस्तार नहुँदा त्यसको असर भ्रातृ संगठनमा पनि परेको छ । गएको जेठ ३ गते एमाले र माओवादी केन्द्र गाभिएर नेकपा बनेपछि एकता प्रकृया ३ महिनाभित्र टुंगो लगाउने भनिएको थियो । र, अन्तर पार्टी निर्देशनसमेत जारी भएको थियो ।

माऊ पार्टीका अलावा २२ वटै जनसंगठनको एकता टुङ्ग्याउन नेकपाले तत्कालीन एमाले र माओवादी केन्द्रबाट २–२ जनाको ४ सदस्यीय कार्यदलसमेत गठन गरेको थियो । जनसंगठनका कार्यदलाई १५ दिनको समयसीमा दिएर विधान, राजनीतिक वैचारिक कार्यदिशा र नेतृत्वसमेत प्रस्ताव गर्नेगरी ७ वटा विषयका टीओआर दिइएको भए पनि एकाधले मात्रै प्रतिवेदन निर्धारित समयमा बुझाउन सके । बाँकी जनसंगठनले समय गुजारेर बुझाए । तथापि बुझाइएका प्रतिवेदन पनि पार्टी सचिवालयमा थन्किएर बसेको र जनसंगठन एक वर्षदेखि विघटित अवस्थामा रहेको जनसंगठनका नेता कार्यकर्ता बताउँछन् ।

नेकपाको संगठनात्मक जीवनका नर्सरी मानिएका विद्यार्थी, युवा, किसान, मजदुर संगठनको एकवर्षदेखि बैठक नै बस्न सकेका छैनन् । संगठनात्मक गतिविधि ठप्पप्रायः छन् ।

KFC Island Ad
NIC Asia

अनेरास्ववियु दुई वर्षदेखि गतिहीन
तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकताको सबैभन्दा बढी असर अनेरास्ववियुलाई परेको छ । पार्टी एकतापूर्व नै समानान्तर सर्कुलरको झमेला बेहोरिरहेको अनेरास्ववियुको बैठक २०७४ साउनदेखि बस्न सकेको छैन । “दुवै संगठनले कुनै पनि गतिविधि गर्न सकेका छैनन्, संगठनात्मक हिसाबले अनेरास्ववियु विघटनप्रायः छ,” अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौला भन्छन् ।

अखिल क्रान्तिकारी र अनेरास्ववियु एकताका लागि पार्टीले चार सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले नाम र विधान टुङ्ग्याएर प्रतिवेदन बुझाएको बर्तौलाको भनाइ छ । संगठनको नाम अनेरास्ववियू प्रस्ताव गरिएको छ । संगठन ४९९ भन्दा नबढाउने सहमति भएको बर्तौलाले जानकारी दिए ।

Royal Enfield Island Ad

तर, एकता प्रक्रिया पार्टी सचिवालयमै अड्किएकाले कार्यकर्ता उत्पादनको नर्सरीमा खडेरी लागेको बर्तौता बताउँछन् । अनेरास्ववियूको नेतृत्व कसले गर्ने भन्ने विषय पनि निक्र्यौल हुन सकेको छैन । अनेरास्ववियुकी अध्यक्ष सांसद्को जिम्मेवारीमा रहेकाले उनी बिदा हुने तरखरमा छिन् । लामा बिदा हुने भएकाले क्रान्तिकारीले नेतृत्व स्वतः आफूले पाउने दाबी गरिरहेको छ । रञ्जित तामाङ एकीकृत अनेरास्ववियूको अध्यक्षको दाबेदार छन् ।

तर, अनेरास्ववियुका उपाध्यक्षहरू महेश बर्तौला, रश्मी आचार्य, महासचिव ऐन महर पनि आकांक्षी रहेकाले नेतृत्वको विषय टुङ्गो लाग्न नसकेको हो ।

अध्यक्ष तानातानमा युवा संगठन
नेकपाको युवा संघको हालत पनि माऊ पार्टीकै जस्तो छ ।  युवा संघ नेपाल र वाईसीएल एकता गर्न मणिचन्द्र थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा सदस्य रहेको कार्यदल गठन गरेको थियो । कार्यदलले १६–४० उमेर समूहका युवालाई संगठनमा आवद्ध गराउने बाहेक आधारभूत कुरामै सहमति जुटाउन सकेन । नाम, झन्डा, नेतृत्वका विषयमा दुवै संगठनले आ–आफ्नै दाबी प्रस्तुत गरेपछि संगठनात्मक एकता लथालिङ्ग बन्न पुग्यो ।

वाईसीएलका अध्यक्ष सापकोटा पार्टी केन्द्रीय सदस्य भएकाले सहजतापूर्वक नेतृत्व युवा संघलाई दिनुपर्छ भन्ने मान्यता पौडेलको छ । यही अध्यक्ष पद तानातानले संगठन गतिशून्य बन्न पुगेको युवा संघका नेता बताउँछन् । युवा संघका महासचिव नरेश शाहीका अनुसार १० महिनायता युवा संघको कुनै पनि गतिविधि हुन सकेको छैन । दुवै संगठन विघटित अवस्थामा छन् ।

राष्ट्रिय राजनीतिको घटनाक्रममा संगठनको लेटरप्याडमा वक्तव्य आउँछ । केहीदिन अगाडिमात्रै वाइसीएलले जनयुद्धका सहिद परिवार, घाइते योद्धा तथा वेपत्ता परिवारका सदस्यहरूलाई अभिनन्दन गर्‍यो । ती सबैमा दुवै संगठनको अपनत्व भने हुन नसकेको युवा संघका नेता–कार्यकर्ता बताउँछन् ।

स्थानीय निर्वाचनदेखि गुमनाम महिला संघ
संसद्मा महिला प्रतिनिधित्व, ३३ प्रतिशत आरक्षणको महत्त्वपूर्ण अजेन्डा स्थापित गरेको श्रेय अखिल नेपाल महिला संघलाई जान्छ । आमाको नामबाट नागरिकता लिन पाउनुपर्ने माग राखेर सङ्घर्ष गर्ने सङ्गठन पनि महिला संघ नै हो । र, यही आन्दोलनको आंशिक उपलब्धि संविधानमा लिपिवद्ध समेत भयो ।

अहिले समाजमा शृंखलावद्धरूपमा महिला हिंसाका घटना हुँदा महिला संघले विज्ञप्तिसमेत जारी गर्न सकेको छैन । त्यसो त स्थानीय निर्वाचनयता केन्द्रीय कमिटीको बैठक समेत बस्न नसकेको बताउँछिन्, अध्यक्ष गोमा देवकोटा । पार्टी एकतालगत्तै अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) एकताका लागि राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।

जेठ मसान्तभित्र एकताको खाकासहितको प्रतिवेदन बुझाउन भने पनि कार्यदलले पुुस मसान्ततिरमात्रै प्रतिवेदन बुझाएको देवकोटा बताउँछिन् । बुझाइएको प्रतिवेदनमा प्रस्तावित एकीकृत संगठनको नाम, विधान, झन्डा, संगठनको आकारसमेत टुंगो लाग्न नसकेको देवकोटाले जानकारी दिइन् । ती विषयमा दुवै संगठनको आ–आफ्नै दाबी रहेको देवकोटा बताउँछिन् । 

नेतृत्व विवादमै अड्कियो किसान एकता
एकता प्रक्रिया निष्कर्षमा नपुग्दा अखिल नेपाल किसान महासंघ र अखिल नेपाल किसान संघ (क्रान्तिकारी) पनि गतिहीन बन्न पुगेका छन् । दुवै संगठनको बैठक एकवर्षयता बस्न नसकेको अखिल नेपाल किसान महासंघका अध्यक्ष केशवलाल श्रेष्ठ बताउँछन् ।
दुवै पार्टीको किसान संगठन एकीकृत गर्न गठित कार्यदलले भदौ २ गते नै प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा दुवै संगठनको बराबर प्रतिनिधित्व हुनेगरी ३५० सदस्यीय राष्ट्रिय समिति प्रस्ताव गरिएको श्रेष्ठको भनाइ छ । १ जना संयोजक र १ जना सहसंयोजक प्रस्ताव गरिए पनि नेतृत्वको टुंगो लाग्न नसकेको श्रेष्ठको भनाइ छ । नेतृत्वमा सहमति जुट्न नसकेपछि अखिल नेपाल किसान महासंघबाट श्रेष्ठ र क्रान्तिकारीबाट चित्रबहादुर श्रेष्ठ अध्यक्ष प्रस्तावित गरिएको छ ।

‘नेतृत्वले गाँठो फुकाइदिए भोलि एकता गर्छौं’

पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले नेतृत्वले गाँठो फुकाइदिए भोलि नै एकता गर्न आफूहरू तत्पर रहेको बताउँछन् । तर, सोही संगठनका अर्का नेता प्रेमलकुमार खनाल भने एकता प्रक्रिया नेतृत्वको हातमा रहेको बताउँछन् । महासंघअन्तर्गत अहिलेसम्म १२ वटा प्रतिष्ठानको एकता भइसकेको र महासंघको मात्रै एकता प्रक्रिया विलम्ब हुन पुगेको प्याकुरेल बताउँछन् ।

पेशागत महासंघ र राष्ट्रिय कर्मचारी महासंघ एकीकरणका लागि गठित कार्यदलले विधानमा मोटामोटी सहमति गरेको खनालको भनाइ छ । उनका अनुसार एकीकृत संगठनको नाम राष्ट्रिय पेशागत महासंघ प्रस्तावित छ । नेतृत्वको विषय पनि निरुपण हुन नसकेको उनी बताउँछन् ।

संगठनात्मक एकीकरण नटुङ्गँदा महासंघका गतिविधि एकवर्षदेखि ठप्प रहेको खनाल बताउँछन् । नेकपा निकट पत्रकार संगठन प्रेस चौतारी र प्रेस सेन्टरको हालत पनि माऊ पार्टीजस्तै छ । कार्यदलले अहिलेसम्म नाममात्रै टुंगो लगाउन सकेको छ भने नेतृत्व त्यहाँ पनि पेचिलो बनेको छ । एकीकृत संगठनको नाम प्रेस संगठन, नेपाल प्रस्तावित छ ।

नेतृत्वमा चौतारी अध्यक्ष गणेश बस्नेत र सेन्टरका अध्यक्ष महेश्वर दाहाल दुवैले दाबी नछाडेपछि अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई नै छाडिएको दुवै संगठनका नेता बताउँछन् ।

२२ मध्ये २ संगठनको मात्रै एकता

नेकपाका २२ जनसंगठनमध्ये अहिलेसम्म २ वटाको मात्रै एकता सकिएको छ । प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन र गणतान्त्रिक प्रगतिशील कानुन एसोसिएशन नेपालबीच एकता सकिएको छ । त्यस्तै पेशागत तथा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल र नेपाल राष्ट्रि इन्जिनियरिङ संगठनबीच एकता सम्पन्न भएको नेकपाले जानकारी दिएको छ ।

दुवै पेशागत संगठनको चुनाव आएकाले ती दुई जनसंगठनको एकता भए पनि बाँकीका हकमा अन्यौलता रहेको पेशागत महासंघका नेता खनाल बताउँछन् ।   

फाइल तस्बिर 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १८:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro