site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी जन्माए कालिप्रसाद र हेमन्तले ‘साइँली’
SkywellSkywell

काठमाडौं । कालिप्रसाद बास्कोटा केही समयअगाडि अमेरिका गएका थिए । त्यहाँ उनले धेरै नेपालीहरूसँग समय बिताउने मौका पाए । दुःख–सुख साट्ने अवसर मिल्यो ।

त्यहाँ नेपालीले पाएको सुख, दुःख उनलाई थाहा भयो । अमेरिकाबाट फर्किए । अमेरिका छँदै उनलाई एउटा कुराले सधैं घोचिरहेको थियो । के अमेरिकामा सबै नेपाली सुखी छन् ? सुख र खुसीमा समानता छ ?

यो प्रश्नको जवाफ आँफैले दिए कालिप्रसादले– अहँ,सुख र खुसी नितान्त फरक पक्ष हुन् । अमेरिका र अष्ट्रेलिया मात्रै होइन, विदेशमा जाने हरेक नेपालीले एउटा सपना बोकेको हुन्छ, सुखी बन्ने । त्यसैका लागि ऊ परिवार छोडेर पराइ भूमि उड्छ । तर ऊ सुखी भने हुँदैन । वियोगको पीडाले उसलाई सताइरहन्छ । दिन पनि र रात पनि । यस्तै लाग्यो उनलाई । सबैले जिब्रोले बोल्नु पर्दैन । कति कुरा मुहारले आफैं बोल्छ । कालिप्रसादले यही पढे विदेशिएका नेपालीका अनुहारबाट ।
उनले सोचे, अब म एउटा गीत लेख्छु विदेशिएका नेपालीहरुको बारेमा ।

KFC Island Ad
NIC Asia

“उमेरमा काम गर्न विदेश जाने र केही वर्ष काम गरेर फर्किने गरेको परम्परालाई सिम्बोलिक हिसाबले मैले ४० कटेपछि रमाउँला भनेर गीतमा उतारेँ,” कालिप्रसादले भने, “परिवार खुसी हुन्छ भनेर जाने हो तर परिवार पनि खुसी हुन्छ या हुँदैन त्यही सेन्टिमेन्ट हो ‘साइँली’मा ।”

सुन साइँली... साइँली ...परदेशबाट म आउँला
सुन साइँली... साइँली... ४० कटेसी रमाउँला
सुन साइँली... साइँली... दियोमा तेल भुरुभुरु
सम्झी कहिल्यै नरुनु...

Royal Enfield Island Ad

केही वर्षयता उनको सूत्रले काम गरिरहेको छ । उनका सिर्जना नागरिकले आफ्नो जिव्रोमा राखेका छन् । ‘पिरतीको छाता ओडाउन...,’ ‘निर जैले रिसाउने...’ होस् या त ‘ठमेल बजार...’ सबै उनकै गीत हुन् । सबैलाई संगीत प्रेमी नेपाली स्रोता तथा दर्शकले आफ्नो मनमा सजाएका छन् ।

कालिप्रसादलाई कुनै सिर्जना गर्न समय लाग्छ, कुनै भने मनको लहरामा यसै लहरिएर आइदिन्छन् । यस्तै भयो ‘साइँली’ को सन्दर्भमा पनि ।

अढाई महिना अगाडिको एक दिन । हातमा गीतार लिएर बसे । उनको आफ्नै मौलिकपन छ रचनाको । नेपाली रचनामा नेपालीपन छिराउनु उनको आफ्नो पन हो । लोक संस्कृति र परम्परा बोल्नु उनको पुरानै तरिका हो ।

आफ्नोपनलाई नछोडी नेपालीपन बोल्ने गीतारको झंकार निकाले र गुनगुनाउन थाले । स्थायी आयो, स्थायी सँगै अन्तरा बग्दै आयो उनको कण्ठमा । गीत एक बसाइमै तयार भयो ।

“मलाई लाग्दैन सबै विदेशिएका नेपाली खुसी छन् । अमेरिकामात्रै होइन, खाडीमा रहेका नेपालीको पनि कथा एउटै हो,” प्रथम नेपाल आइडलको अडिसनको जजका रूपमा पोखरामा रहेका उनले बाह्रखरीसँग भने, “४० लाख नेपालीको कथा हो यो गीत । यही भनेर लेखेको हुँ ।”

कालीप्रसादलाई गीतले जनजीवन बोल्नुपर्छ जस्तो लाग्छ । त्यसैले जनजिव्रोकै शब्द उनले गीतमा समावेश गर्छन् । र साइँलीमा पनि त्यसै गरे ।

“हामी आफ्नो कुरा भन्न लजाउँछौं । समस्या यहीँ हुन्छ । म हाम्रो कुरा गर्छु,” उनले भने, “डिस्कोमा नाच्ने गीत मात्रै भाइरल हुन्छ भन्ने हाम्रो भ्रम छ । साइँली अपलोड भएको तीन दिन नपुग्दै १२ लाख क्रस भइसक्यो ।”

कालीप्रसादको यो गीत हेमन्त रानाले गाए । तर उनले हेमन्तका लागि भनेर तयार पारेका भने थिएनन् । कोही व्यक्ति विशेषका लागि भनेर उनले तयार गर्दैथिएनन् ।
पुतलीसडकमा विशाल पौडेलको एरेन्जिङ रुम छ । कालीप्रसाद र विशाल गीतका लागि रफ वर्क गर्दै थिए । सँगै रहेका हेमन्तलाई मन पर्यो । उनले भने, “गीत मलाई मन पर्यो, दामी छ ।”

कालीप्रसादले फ्याट्टै भने, “तिमी गाउँछौ त ?”

“साँच्चै हो?,” हेमन्तले सोधे ।

“हो” गाऊ न ।

रिकेश गुरुङले एरेन्ज गरे ।

गीतको डमी तयार भयो ।

गीत हेमन्तले गाउने पक्का भइसकेको थियो । उनले मोबाइलमा डमी सारे । “मेरै जनराको गीत भएकाले पनि होला प्राक्टिस नै गरिनँ,” हेमन्तले सम्झिए ।

कृपा स्टुडियो पुगे र गीत रेकर्ड गरे । उनलाई गीत राम्रो लागेको थियो । चल्छ भन्ने विश्वास थियो ।

कालीप्रसादलाई पनि गीतको थिम सोचेदेखि नै राम्रो बन्छ भन्ने थियो । शब्दसँगै कम्पोज गरेपछि उनको थिम र शब्द तथा संगीत मन परेको थियो ।

“गीत मलाई सुरुमै मन परिसकेको थियो । नाच्न डिस्कोका लागि तयार पारिएका गीत मात्रै भाइरल हुन्छन् भन्ने मलाई लाग्दैन,” कालिप्रसाद अढाइ महिना अगाडि फर्किए, “४० लाख नेपालीले भोगेको र करौडौं नेपालीसँग जोडिएको भएकाले सबैको मन छुन्छ भन्ने लागिसकेको थियो ।”

गीत तयार भयो । तपार पार्नु थियो म्युजिक भिडियो । कालीप्रसादको बानी छ आफू पनि मेहनत स्वतन्त्र ढंगले गर्छन् र अरुलाई पनि हस्तक्षेप गर्नुपर्छ भन्ने सोच्दैनन् । भिडियो तयार पार्ने जिम्मा उनले हेमन्तलाई नै दिए ।

हेमन्तको साथीसंगत पनि संगीतसँगै चलचित्रकर्मीसँग पनि छ । उनलाई क्यामेराको एक्शन कटको ज्ञान पनि छ । उनले सोचे, “ पहिलो पटक भए पनि आफैं ट्राइ मार्छु ।”

हेमन्तले कथा तयार पारे । दोस्रो चरणमा गौरव पहाडी, मेनुका प्रधान र हेमन्त स्क्रिप्ट लेख्न बसे । चाहियो उनलाई कलाकार । गौरव र हेमन्त जीएच इन्टरटेन्मेन्टका कम्पनी पाटर्नर पनि हुन् । उनले गौरवलाई नै मोडलका लागि अनुरोध गरे । मेनुकालाई स्क्रिप्ट अगाडि नै भनिसकेका थिए ।  

पालो आएको छायांकनको । सुरुमा मृगस्थली पुगे । लोकेशन खोजे जस्तै भेटियो । त्यहीँ खिचे । अर्को सिन थियो । हेमन्त गौरव र क्यामेरा पर्सन उज्वल जोशीलाई लिएर दुबई पुगे ।

“दुबइमा भने नेपालमा जस्तो सहज छैन छायांकन गर्न । अनुमति लिनुपर्ने झन्झटिलो प्रोसेस रहेछ, सबै पूरा गर्यौं,” हेमन्त साढे दुई हप्ता अगडि फर्किए, “साहारजाँ, दुवई र आबुधाबीमा छायांकन गरेर फर्कियौं ।”

हेमन्तको स्वर र कालिप्रसाद र हिमाल साउदको शब्द तथा कालिप्रसादको संगीत रहेको गीत ‘साइँली’ सबैभन्दा चाँडो धेरै हेरिने गीत बनेको छ । अपलोड भएको एक दिनमा ५ लाख पटक युट्युबमा हेरिएको पहिलो गीत बन्यो । सुरुमा लिरिकल भिडियो अपलोड भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २, २०७३  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro