site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
र्‍यापमा राष्ट्रपतिलाई व्यङ्ग्य–१८ करोडको गाडी चडेर के साह्रो चमत्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । र्‍यापर बरदान बस्नेतले सरकारी ढुकुटीको दुरुपयोग गर्ने विद्यमान सरकारी कार्यशैलीको आलोचना गर्दै र्‍याप सार्वजनिक गरेका छन् । उनले राष्ट्रपतिका लागि खरिद गर्ने भनिएको १८ करोडको गाडी देखि बलत्कारसम्मका घटनालाई उठान गरेका छन् ।  

गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट’ बोलको गीत चर्चा र विवादमा आएछि उनी स्वयम्ले युट्युबबाट हटाएको केही समयपछि बस्नतले सरकार र सरकारी कार्यशैली र बेथितीप्रति ब्यङग्य गर्दै ¥याप सार्वजनिक गरेका हुन् । उनले भ्रष्टाचार देखि ट्रलीबस सम्मको कुरा र्‍यापमा समावेश गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युट्युबमा अपलोड गरिए पनि गीतको भिडियो भने छैन । ब्याकग्रायन्ड स्कोर लाउड रहेकाले गीतका शब्द स्पष्ट सुन्न केही कठिन महसुस हुनछ छ ।

यस्तो छ र्‍यापको शब्द

Global Ime bank

ओ हैन होला येस्तो पनि हुँदोरहेछ यो दुनियाँमा
मेरो देश नेपाल प्रधानमन्त्री तिमीलाइ नमस्कार
मेरो देशको राष्ट्रिपतिनी तिमीलाई पनि नमस्कार
१८ करोडको गाडी चडेर के साह्रो चमत्कार
.... काटी देउन कसले गर्यो बलात्कार
ल सुनिदेउ उहाँहरुको कर्मचारी
अनी हाम्रो प्रिय पत्रकार
सुनाइदेऊ मेरो यो गीत म हैन कलाकार
हाम्रो देशको नेता अनी भ्रष्टाचार
कस्तो सुहाएको ठ्याक्क दाल भात अचार
धनीहरुको आझै धनी हुने विचार
गरिबहरुको लछारपछार ।
खुट्टा टेक्ने ठाउँ छैन जब जान्छु बजार
पैसाको मोल छैन जब हुन्न हजार
बिक्ने हैन पेट्रोल पम्पमा तेल
त सक्दैन जनतालाई नपेल
छोडिदे तेरो चेयर तिमीहरु बुढो भयो ऐनामा हेर
पालो हो युवाहरुको देशलाई अलिकती न्याय दे
बुढी माऊ सडकमा तरकारी बेच्दै छिन्
काम गरी खान दे नाना लाउन दे
घुस खाको आनि पुर्खाको सम्पत्ति सबै छेर
साथिभाइ र युवालाई कसरी उफार्छु उधाहारण हेर
...हरु एकादेशको कुरा हो काठमाडौंमा ट्रली बस नि थे 
भोट दिने जनतालाई झारी त्यसमाथि चाहिन्छ सवारी 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC