site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समानान्तर प्रतिवेदनबारे सचिवालयमै मतभेद, झलनाथ भन्छन्– सहमति नभए स्थायी कमिटीमा जस्ताको तस्तै लान्छौं
SkywellSkywell

काठमाडौं । कार्यदल विघटनको प्रस्तावप्रति लिखित असहमति जनाउँदै बहुसंख्यक सदस्यले बुझाएको प्रतिवेदनप्रति नेकपाको सचिवालयमै मतभेद देखिएको छ ।

सचिवालय सदस्य झलनाथ खनालले कार्यदलका बहुसंख्यक सदस्यले एकीकरणको प्रस्तावसहित फरक मत बुझाएकाले सचिवालयले त्यही आधारमा तल्ला कमिटीहरूको एकताको प्रस्ताव तयार पार्नुपर्ने धारणा राखे ।

“कार्यदलका बहुमत सदस्यले मेहनतका साथ प्रतिवेदन तयार पार्नुभएको छ, अघिल्लो (कार्यदलका संयोजक रामबहादुर थापा बादलले हस्ताक्षर गरेर बुझाएको तीन पाने प्रतिवेदन)  प्रतिवेदन र बहुमत सदस्यले बुझाएकै प्रतिवेदनको आधारमा प्रस्ताव तयार पार्ने कोसिस गर्छौं । असहमत भए जस्ताको तस्तै स्थायी कमिटीमा पेस हुन्छ ।”

KFC Island Ad
NIC Asia

उनले स्थायी कमिटी बैठकले बनाएको कार्यदलका अधिक सदस्यहरूले प्रतिवेदन तयार पारेकाले त्यो स्थायी कमिटीको सम्पत्ति भएको बताए ।

“स्थायी कमिटीका सदस्यले नै प्रतिवेदन तयार पारेकाले सचिवालयले ‘इन्डोर्स’ नगरे पनि स्वतः स्थायी कमिटीमा छलफलको एजेन्डा बन्छ त्यसैले सकेसम्म दुवै प्रतिवेदनलाई मर्ज गरेर साझा प्रस्ताव तयार पार्ने कोसिस गर्छौं,” उनले भने ।

Royal Enfield Island Ad

‘मेरो समर्थन छ’
माधव नेपाल समूहको अगुवाइमा बहुसंख्यक सदस्यहरूले बुझाएको प्रतिवेदनमा झलनाथ खनालले आफ्नो समर्थन रहेको बताए ।

“उहाँहरूले सबैलाई समेट्ने, मान्य हुनेगरी आफ्नो विचार प्रकट गर्नुभएको छ,” प्रतिवेदनप्रति समर्थन जनाउँदै उनले भने, “सचिवालयका नेता सबैले अध्ययन गरेर साझा प्रस्ताव तयार पार्न लाग्नुपर्छ ।”

‘प्रवक्ता भन्छन्– अलग प्रतिवेदन सन्दर्भ सामग्री बन्न सक्छ’
कार्यदलका असन्तुष्ट समूहले बुझाएको अलग प्रतिवेदनप्रति प्रवक्ता नारायणकाजी श्रेष्ठले फरक धारणा राखे ।

कार्यदलका सदस्य रामबहादुर थापा ‘बादल’ले हस्ताक्षर गरेर बुझाएको प्रतिवेदनमा एकीकरणको कुनै प्रस्ताव नभएको उनका भनाइ छ ।

योगेश भट्टराई, वर्षमान पुन, सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, लेखराज भट्टले बुझाएको अलग प्रतिवेदन भने सन्दर्भ सामग्री बन्न सक्ने उनले बताए ।

“प्रस्ताव तयार पार्ने सचिवालयले हो । अतः दुवै प्रतिवेदन सन्दर्भ सामग्री बन्छ । यद्यपि त्यसबारेमा निर्णय लिने सचिवालयले नै हो,” उनले बाह्रखरीसँग भने ।

म्याद थप गर्न गरिएको लिखित आग्रहविपरित सचिवालयले संगठनात्मक एकीकरणका लागि गठित कार्यदल भंग गरिएको भन्दै आइतबार पाँच नेताले फरक प्रतिवेदन बुझाएका थिए ।

तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा गठन भएको ९ महिनासम्म पनि तल्ला कमिटीहरू एकता हुन सकेका छैनन्।

एकतालागि गठन भएका चारवटै कार्यदल कामयावी नभएपछि नेकपाको एकीकरण प्रक्रिया थप जटिल र लम्बेतान बन्दै गइरहेको छ ।

यो पनि पढ्नूहोस्
नेकपा विवाद : तीन पाने भर्सेस सात पाने प्रतिवेदन

कार्यदलको म्याद थप्नेबारे नेकपामा विवाद

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५  ११:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro