एजेन्सी । स्कटल्याण्डविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेदरल्याण्ड ७ विकेटले विजयी भएको छ । ओमन क्रिकेट मैदानमा १ सय ५३ रनको लक्ष्य नेदरल्याण्ड १ बल छँदै भेट्टाउन सफल भयो । नेदरल्याण्डको रोमाञ्चक जितमा तोबियस भिसिले सर्वाधिक ७१ रन बनाए ।
४३ बलको सामना गरेका भिसिले ८ चौका र ३ छक्का प्रहार गरेका थिए । स्टेपह्न मेबु्रगले २४ रन बनाउँदा विस्ले बरस्सील
े अविजित २० रन बनाए । रेयन टेनले १६ रन तथा म्याक्स ओ डाउडले १२ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । स्कटल्याण्डका लागि कलुम माकलियोडले सर्वाधिक ५३ रन बनाएका थिए । क्रयेग वालेसले २७ रनको योगदान दिँदा जर्ज मुन्सेले ३२ रन जोडेका थिए । मिचेले ११ रन बनाउनु बाहेक ५ खेलाडीले दोहोरो रन जोड्न सकेनन् । स्कटल्याण्डलाई सस्तैमा समेट्न फ्ररेड र तिम भार डेरले २–२ विकेट लिएका थिए ।