site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी बन्दैछ एक्सप्रेस वे (तस्बिरमा)

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग निर्माणको कामलाई तिव्रता दिएको छ । सरकारले द्रुतमार्ग निर्माणको जिम्मेवारी २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिने निर्णय गरेको थियो । 
त्यसपछि सोही वर्षको साउन २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट नेपाली सेनालाई आयोजना हस्तारण गरिएको थियो । २०७४ जेठ १४ गते दु्रतमार्गको शिलान्यास गरिएको थियो । एसियाली मापदण्डअनुसार निर्माण गरिने द्रुतमार्गको लम्बाइ ७६.२ किलोमिटर रहेने छ । दु्रतमार्ग काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरी चार जिल्लामा निर्माण हुँदैछ ।
कूल ७६.२ किलोमिटर लम्बाइको उक्त राष्ट्रिय गौरवको आयोजनाको काम सेनाले तिव्र गतिमा अघि बढाइरहेको छ । आयोजना निर्माण कार्य ४ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सेनाले काम गरिरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने काठमाडौं–तराई–मधेस द्रुतमार्ग बाराको निजगढमा पुगी अन्त हुनेछ । 
सेनाले अहिले खोकनादेखि निजगढसम्म माटो–ढुंगा काट्ने र पुर्ने काम गरिरहेको छ । यी कार्य गर्नको लागि द्रुतमार्गको प्रत्येक ८–९ किलोमिटरमा क्याम्प खडा गरेको छ । कामलाई तिव्रता दिन सेनाले आउँदो साताबाट डबल सिफ्टमा काम गर्ने योजना बनाएको छ । दु्रतमार्ग एसियन मापदण्ड अनुसार ४ लेनको हुनेछ । 
चालु आर्थिक वर्षको लागि सरकारले द्रतमार्गको लागि १५ अर्ब ३९ करोड ७८ लाख रुपैयाँ बजेट छुट्टयाएको छ । सरकारले आर्थिक वर्ष २०७४–०७५ मा दु्रतमार्गको लागि ९ अर्ब ४० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ८ अर्ब ९७ करोड रुपैयाँ खर्च भएको थियो । 
द्रुतमार्गमा पर्ने काठमाडौंको पाखाचोक देखि मकवानपुरको सिस्नेरी सडक खण्डको स्थलगत अवलोकनका क्रममा खिचिएका केही तस्बिरः

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"
\"\"

प्रकाशित मिति: बुधबार, माघ २३, २०७५  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro