site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इटालीबाट उत्तर कोरियाका राजदूत बेपत्ता !
Sarbottam CementSarbottam Cement

रोम । इटालीमा रेहका उत्तर कोरियाका राजदूत जो सोंग गिल बेपत्ता भएका छन् । दक्षिण कोरियाको खुफिया एजेन्सीले यो सम्बन्धी जानकारी दिएको बताइएको छ । उनलाई कुनै पश्चिमा मुलुकले शरण दिएको हुन सक्ने जनाइएको  छ । ती उत्तर कोरियाली राजदूत आफ्नो देशका कुनै उच्च अधिकारीका छोरा र अर्का त्यस्तै उच्च अधिकारीका ज्वाईँ पनि हुन् । यसअघि लण्डनमा रहेका उत्तर कोरियाका उपराजदूतपनि त्यसैगरी भागेका थिए ।  उनले सन् २०१६मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

उनी आफ्नी पत्नी र बच्चा लिएर त्यतिबेला दक्षिण कोरिया गएका थिए । दक्षिण कोरियाका सांसद किम मिन कीका अनुसार उत्तर कोरियाका अहिले हराएका राजदूत रोमबाट करिब १ महिना अघि नै भागेको जानकारी प्राप्त भएको जनाएका छन् । उनको कसैसँग कुनै सम्पर्क नरहेको जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालीको विदेश मन्त्रालयले उत्तर कोरियाका राजदूतले कुनै देशमा शरण मागे नमागेको  जानकारी नभएको जनाएको छ । इटाली सरकारलाई उत्तर कोरियाले अर्को राजदूत नियुक्तिको प्रक्रिया शुरु गरेपछि मात्रै पहिलाको राजदूत नभएको पत्ता लागेको बताइएको छ ।

अहिले हराएका भनिएका उत्तर कोरियाली राजदूतसँग आफ्नो देशको परमाणु कार्यक्रमको पनि जानकारी रहेको बताइएको छ । ४८ वर्षीय ती राजदूतले सन् २०१७को अक्टोबरमा रोममा कार्यभार सम्हालेका हुन् । (बीबीसी)

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  ०८:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC