site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
महिलामाथि शृंखलाबद्ध आक्रमण भएपछि अष्ट्रेलियामा प्रदर्शन, राष्ट्रिय आपतकाल घोषणाको माग  

क्यानबेरा । अष्ट्रेलियामा शृंखलाबद्ध रूपमा महिलामाथि हिंसा बढ्दै गएपछि आइतबार देशभर प्रदर्शन भएको छ । प्रदर्शनकारीले लिंगमा आधारित हिंसाविरुद्धमा राष्ट्रिय आपतकालको घोषणा गरिनुपर्ने र यस्ता गतिविधि रोक्नको लागि कडा कानुन ल्याउनुपर्ने माग गरेका छन् । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यो मुद्दालाई राष्ट्रिय संकटको विषय भएको प्रतिक्रिया दिएका छन् । 

कार्यक्रम आयोजक मार्टिना फेरेराले सरकारले यो मामिलालाई आपतकालीन अवस्थाको रूपमा बुझेर तत्काल कदम चाल्नुपर्ने बताइन् । राजधानी क्यानबेरामा प्रदर्शनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानीले सबै तहबाट यसका लागि राम्रो गर्नुपर्ने अवस्था देखिएको बताए ।  

“हामी बदलिएको संस्कृति, प्रवृत्ति र कानुनी प्रणाली चाहन्छौं र यसमा सबै सरकारले पहल गर्नु जरूरी छ,” उनको भनाइ छ । हिंसा अन्त्यका लागि महिलाको मात्र होइन पुरुषको पनि बानी व्यहोरा परिवर्तन गर्नुपर्ने उनले बताए । 

पछिल्ला दिनमा अष्ट्रेलियामा महिलामाथि आक्रमणका घटना बढ्दै गइरहेको पाइएको छ । महिलाको हत्याका कारणले पनि यो मुद्दालाई सतहमा ल्याइदिएको छ । यो महिनाको सुरूमा सिड्नी सपिङ सेन्टरमा  एक व्यक्तिले  चक्कु प्रहार गर्दा ६ जनाको मृत्यु भएको थियो । तीमध्ये ५ जना महिला थिए । प्रहरीले महिलालक्षित आक्रमण भयो भनेर अनुसन्धान गरिरहेको जनाएको छ । २०२४ को सुरूको ११९ दिनमा २७ महिला मारिएको तथ्यांकमा जनाइएको छ । बीबीसी 
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro