site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नाइजेरियामा दादुरा संक्रमणबाट १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा संक्रमणबाट हालसम्म कम्तीमा १९ बालबालिकाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

उत्तरी स्थानीय क्षेत्र मुबीमा दादुराको प्रकोपबाट दुई सयभन्दा बढी बालबालिका प्रभावित भएको आशंका गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । दादुराको प्रकोपबाट हुने जटिलताका कारण १९ जनाको मृत्यु भएको आधिकारिक प्रतिवेदनले संकेत गरेको छ । 

Dabur Nepal
NIC Asia

आयुक्त ताङ्वामीले विकास प्रभावित समुदायहरूमा औषधि र चिकित्सकको टोली तत्काल्र परिचालन गरिएकोे जानकारी दिए । उनले गम्भीर सङ्क्रमण भएका बालबालिकालाई विशेषज्ञ अस्पतालमा पठाइने बताए । उनले बालबालिकालाई खोप लगाउन अस्वीकार गर्दा उक्त दुःखद् क्षण आएको भन्दै बालबालिकालाई दादुराविरूद्धको खोप नियमित लगाउन प्रत्साहन गरे । 

दादुरा पाँच वर्षमुनिका बालबालिकामा हुने भाइरल संक्रमण हो तर खोपद्वारा सजिलै रोकथाम गर्न सकिन्छ । खोक्दा वा हाछ्युँ गर्दा निस्कने श्वासप्रश्वासका थोपाहरूबाट यो हावामा फैलिन्छ । रासस/सिन्ह्वा

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro