site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विकास बजेट रकमान्तर गरेर सेनालाई ३ अर्ब ४० करोड, जहाज, जग्गा र राष्ट्रपतिलाई गाडी खरिद गरिने
SkywellSkywell

काठमाडौं ।  अर्थ मन्त्रालयले गएको दुई महिना (असोज र कात्तिक) मा नेपाली सेनालाई सैन्य उपकरण तथा अन्य सामग्री खरिद गर्न साढे तीन  अर्ब रुपैयाँ उपलब्ध गराएको छ । अर्थले विकास कार्यक्रमको रकम रकमान्तर गरी सेनालाई उपलब्ध गराएको हो । 

अर्थले सेनालाई एउटा जहाज, एउटा हेलिकप्टर, एम्युनिसन उत्पादन प्लान्ट, जग्गा र राष्ट्रपतिको प्रयोजनको लागि गाडी खरिद गर्न भन्दै गएको दुई महिनामा ३ अर्ब ४० करोड ९९ लाख ५ हजार रुपैयाँ उपलब्ध गराएको छ । अर्थले कात्तिकमा ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ र असोजमा ३६ करोड ४९ लाख ५ हजार रुपैयाँ जंगी अड्डाको नाममा निकासा गरेको हो । 

KFC Island Ad
NIC Asia

“विभिन्न समयमा मन्त्रिपरिषद्ले गरेको निर्णयको आधारमा जंगी अड्डालाई सैन्य सामग्रीलगायतका वस्तु खरिद गर्न असोज र कात्तिक महिनामा करिब साढे ३ अर्ब रुपैयाँ निकासा गरिएको छ । भैपरी आउने– विकास कार्यक्रमलगायत शीर्षकको बजेट रकमान्तर गरि पठाइएको हो,” अर्थ मन्त्रालय स्रोतले भन्यो । 

सेनालाई कात्तिक महिनामा ‘फिक्स्ड विङ’ जहाजको रकम भुक्तानी गर्न ५९ करोड रुपैयाँ उपलब्ध गराइएको थियो । उक्त रकम विकास कार्यक्रम बजेट शीर्षककाट रकमान्तर गरी जंगी अड्डाको नाममा निकासा गरिएको हो । यस्तै, कात्तिकमै ७.६२ मीमी नयाँ एम्युनिसन उत्पादन प्लान्ट खरिद गर्न जंगी अड्डालाई २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ प्रदान गरिएको छ । उक्त रकम पनि विकास कार्यक्रम बजेट शीर्षकबाट रकमान्तर गरी उपलब्ध गराइएको हो । 

Royal Enfield Island Ad

असोजमा पनि अर्थ मन्त्रालयले नेपाली सेनाको लागि लाइट हेलिकप्टर खरिद गर्ने सिलसिलामा रकम भुक्तानी गर्नको लागि भन्दै १३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । “जंगी अड्डाले हेलिकप्टर र जहाज खरिदलाई उच्च प्राथमिकतामा राखेको छ । सेनाले विपदका बेला, अतिविशिष्ट व्यक्तिको प्रयोगको लागि हेलिकप्टर आवश्यक रहेको भनेर खरिद प्रक्रिया अघि बढाएकोले रकम निकासा गरिएको हो,” अर्थ मन्त्रालय स्रोतले भन्यो । 

असोजमै अर्थ मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रयोगको लागि सवारी साधन खरिद गर्न भन्दै जंगी अड्डाको नाममा १४ करोड १३ लाख रुपैयाँ रकमान्तर गरेर निकासा गरेको थियो । राष्ट्रपतिको लागि आवश्यक सवारी साधन खरिद प्रक्रियाको जिम्मा राष्ट्रपति कार्यालयले जंगी अड्डालाई सुम्पेपछि अर्थले उक्त रकम जंगी अड्डालाई उपलब्ध गराएको हो । 

यस्तै, जग्गा खरिदको लागि भन्दै अर्थले जंगी अड्डालाई गत असोजमा ९ करोड ३६ लाख ५ हजार रुपैयाँ उपलब्ध गरेको थियो । उक्त रकम जंगी अड्डालाई उपलब्ध गराउने भनी २०७४ मंसिर ६ गते सरकारले निर्णय गरेको भएपनि अर्थले झण्डै एक वर्षपछि मात्र उपलब्ध गराएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro