site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लघुवित्तपीडित फेरि सडक आन्दोलनमा

काठमाडौं । सहकारी तथा लघुवित्तपीडित फेरि सडक आन्दोलनमा उत्रिएका छन् । सरकारसँग भएको सहमति कार्यान्वयन नभएपछि सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अनुवाइमा उनीहरूले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।

विभिन्न जिल्लाबाट काठमाडौं आएका पीडितहरूले बिहीबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे ।

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याजपीडितसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नभएपछि आफूहरू आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष कुशलभ केसीले बताए । सरकारले पटकपटक सम्झौता गर्ने तर पीडितको समस्या समाधान नगर्ने गरेको गुनासो गरे ।

समस्या समाधानका लागि विभिन्न समिति बनाएर प्रतिवेदन बुझाइसके पनि कार्यान्वयनमा समस्या देखिएको महासंघको आरोप छ ।

प्रदर्शनकारीले लघुवित्त संस्था खारेज गर्नुपर्ने, सामूहिक ऋण मिनाहा गर्नुपर्ने, मिटरब्याजी तमसुक रद्द गर्नुपर्नेसहितका मा राखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro