काठमाडौं । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ बाट आशिष गुभाजु र सन्तोष राना मगर बाहिरिएका छन् । उत्कृष्ठ १६ मध्ये शनिबार आफ्नो प्रस्तुती दिएका चार जना प्रतिस्पर्धी मध्ये सुशील गर्तौला र सप्तक दुतराज सुरक्षित हुँदा आशिष र सन्तोष बाहिरिएका हुन् ।
उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धी बाहिरिन थालेका छन् । यस अघि लाइभ राउन्डमा प्रवेश गरेपछि प्रत्येक दिन प्रस्तुती दिएका आआफ्नो टिमका तीन जना प्रतिस्पर्धी मध्ये उत्कृष्ट एक जनालाई कोचले सेभ गर्थे भने बाँकी दुई जनालाई भोटिङका लागि दर्शकसामु छोडिदिन्थे ।
तर, उकृष्ठ १६ मा प्रवेश गरेसँगै अब कसलाई राख्ने र कसलाई प्रतिस्पर्धाबाट बाहिर पठाउने त्यो दर्शकको भोटले निर्धारण गर्न सुरु गरेको हो ।
उकृष्ठ १४ प्रतियोगीहरुमा टिम दिपबाट राजु, सिडी बिजय, विवेक वाईवा र स्वेच्छा, टिम अभयाबाट विवेक, कुशल, श्रेया र अनु, टिम सनुपबाट शैलेश्वरी, सप्तक र विद्या र टिम प्रमोदबाट सुरेखा, श्रृजय र सुशील बाँकी छन् ।