site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
स्रष्टा समाजको अधिवेशन सम्पन्न, अध्यक्षमा फेरि श्रीओम निर्वाचित 

काठमाडौं । नेपाल स्रष्टा समाजको १८औँ साधारणसभा तथा १०औँ अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौंमा सम्पन्न समाजको साधारण सभाले महासचिवको प्रगति प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदनलाई सर्वसम्मतरूपमा पारित गरेको छ ।

सभाले विधान संशोधन समितिले पेस गरेको संशोधन प्रस्ताव पनि पास गर्‍यो । 

अधिवेशन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कवि बैरागी काइँलाले नेपाली साहित्यको उत्थान र विकासमा समाजले थुप्रै काम गरेको बताए । उनले समाजले विदेशमा साहित्यिक र संस्कृतिको सम्बन्ध मजबुत बनाउन विविध काम गर्दै आएकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी विदेशी पाहुना नेपाल बंगलादेश फ्रेन्डसिप सोसाइटीका अध्यक्ष लायन मसुर मोहम्मदले दुई देशको भाषा साहित्यमा अनुभवको आदानप्रदान सहित भाषा साहित्यमा सहकार्य भइरहेको बताए ।

त्यस्तै, बंगलादेशका पूर्वराजदूत तथा अनुवादक एवं लेखक मसुद मननले नेपाल र बंगलादेशबीच भएको धार्मिक, सांस्कृतिक, भाषा साहित्यका बीचमा समानता रहेको धारणा राखे ।

कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकारहरू रोचक घिमिरे, नगेन्द्रराज शर्माले समाजको कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गरे ।

शनिबार सम्पन्न अधिवेशनले आगामी दुई वर्षका लागि साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’लाई अध्यक्ष पदमा निर्विरोध पुनः निर्वाचित गरेको छ ।

अधिवेशनले समाजको उपाध्यक्षमा डा. सदानन्द कडेल, महासचिवमा देविका तिमिल्सिना, कोषाध्यक्षमा तारा सुवेदी, सचिवमा प्रकाश घायल र सदस्यहरूमा मधु पाठक, माधव बिडारी, रञ्जना निरौला, डा. शान्तिमाया गिरीलाई पनि निर्विरोध निर्वाचित गरेको छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro