साहित्य
काठमाडौं । कवि, कथाकार राधिका कल्पितको कथासंग्रह ‘सम्मोहन’ सार्वजनिक गरिएको छ । राधिकाको यो दोस्रो कृति हो ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कवि श्यामल, समीक्षक डा. बिन्दु शर्मा, हेम भण्डारीलगायत व्यक्तिले उक्त कृति सार्वजनिक गरे । श्यामलले यसभित्रका कथाहरू भाषागत र प्रस्तुतिका हिसाबले निकै सुन्दर र लोभलाग्दा रहेका बताए ।
समीक्षक भण्डारीले कल्पितले वर्तमानका घटना–परिघटनालाई सुन्दर तरिकाले कथा बनाएको उल्लेख गरे । कथामा समाजशास्त्रीय दृष्टिकोणबाट समाजको चरित्र उजागर गरिएको उनको भनाइ थियो ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ २२:५०
प्रतिक्रिया दिनुहोस्