site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अयोग्य लडाकुलाई गणतन्त्रले थमाएको ‘विष’
SkywellSkywell

काठमाडौं । जनयुद्ध गणतन्त्रका लागि कोशेढुंगा हो । आँधी–तुफान हो । गणतन्त्रकै लागि कैयौँ जवानहरूले ज्यान तेजेका छन् । अग्निमा चरु होमेझैँ जीवन आहुती दिएका छन् ।
माओवादी आन्दोलन जंगलको डढेलोझैँ मुलुकव्यापी फैलिइरहँदा कैयौँ किशोरकिशोरी पनि जनमुक्ति सेनामा भर्ती भए ।

उमेरको कुनै छेकवार लागेन । परिवर्तनका लागि काँधमा राइफल बोके । अहिले त्यसको फल सीमित नेताहरूको पोल्टामा परेको भन्दै पूर्वमाओवादी लडाकुहरू आन्दोलित छन् । र, राज्यसँग दुवै हात थापेर आफ्नो अधिकार मागिरहेका छन् । कहिले मुख्यालय कब्जा गर्छन्, कहिले हक स्थापित गर्न टाउकामा लाठी थाप्छन् । केहीले त हार मान्नु भएर आत्महत्याको बाटोसमेत रोजे ।

सत्तामा आसीन र राज्यको उपल्लो तहमा पुगेकाहरू भन्दैछन्– अधिकार प्राप्तिको सङ्घर्षका दिन सकिए । समृद्धि र विकासको युगको सूत्रपात भयो ।

KFC Island Ad
NIC Asia

तर, अयोग्य भनी घर फर्काइएका पूर्व बालसैन्य, जनमुक्ति सेनाका लडाकुहरू भन्छन्– “लडाइँ अझै बाँकी छ । सङ्घर्षको बाटो अझै टुङ्गिइसकेको छैन । यही परिस्थिति रहिरह्यो भने बन्दुक उठाउने दिन टाढा छैन ।”

यस्तैमध्येका एक हुन्– कुलप्रसाद भट्टराई उर्फ ‘कुसम’ । १७ वर्षको उमेरसम्म उनको कथा अलग्गै थियो । कालिकोट मेहेलमुडीका भट्टराईको मगजमा पनि जनयुद्धको रापताप चढ्यो । किशोर उमेर पार नहुँदै २०५८ सालमा उनी माओवादी आन्दोलनको हिस्सा बने । युद्धका किस्सा बने ।

Royal Enfield Island Ad

जनमिलिसिया हुँदै माओवादीमा प्रवेश गरेका भट्टराई तत्कालै जनमुक्ति सेना बनाइए । प्लाटुन कमान्डर भइहाले । अर्घाखाँची सदरमुकाम सन्धीखर्क, म्याग्दी सदमुकाम बेनी, बर्दियाको बेलासपुर, कैलालीको आमखैया, भजनी, जुम्लाको खलङ्गा भिडन्तमा फर्स्र्ट एसल्टमा राइफल पड्काएका भट्टराई कालीकोटको पिली आक्रमणमा समेत सहभागी भए । र, त्यही भीडन्तमा उनको शरीर बम–बारुदले चाल्नो बन्यो । त्यही छिद्र उनको लागि ‘दुःस्वप्न’ बन्न पुगेको छ ।

बन्दुकदेखि विषसम्म !
परिवर्तनको रुमानी सपना मन–मस्तिष्कमा सजाएका भट्टराई यतिबेला जीवन र मरणको दोसाँधमा छन् । गणतन्त्र ल्याउन बम–बारुदको मुस्लोभित्र होमिएका भट्टराईको उपचार गर्दा–गर्दा जायजेथा सकियो । झन्डै सात लाख रूपैयाँ ऋण लाग्यो । तैपनि शरीर सद्दे भएन । सरकारले पनि उपचारमा कुनै सहायता गरेन । यही पीरले उनले आत्महत्याको बाटो रोजे । र, जनयुद्धका सैन्य कमान्डर र वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै समीपमा विष पिएर मृत्युको प्रयास गरे । ५ मंसिर अर्थात् विस्तृत शान्ति–सम्झौताको १२ वर्ष पुगेकै दिन उनले झन्डै आफ्नो ज्यान लिए ।

उच्च सुरक्षा घेराकै अघिल्तिर विष खाएकाले उनी मृत्युबाट त जोगिए । तर, भविष्य जोगिएको छैन । छर्राको पीडा पन्छिएको छैन । 

सात लाख ऋणले उठीबास लगाउने तयारी गरिरहँदा परिवारको थाप्लोमा अर्को समस्या आइलागेको छ– भट्टराईको प्राण–रक्षा कसरी गर्ने ? जीवन कसरी जोगाउने ?

पोहोरमात्रै बिहे गरेकी २३ वर्षकी श्रीमती सरिता छिनछिनमा बेहोस हुन्छिन् । ‘पति कहिले निको हुन्छन् ?’ भन्दै बर्बराइरहन्छिन् । कालिकोटमै रहेका उनका बाबुआमालाई थाहासम्म दिएको छैन । भाइको टीठलाग्दो अवस्थाको साक्षी बस्नुपरेकामा दाजु हंशराजको पनि होसहवास उडेको छ । युद्धको अवशेषले परिवारलाई विघटनको दिशातिर हुर्याउला कि भन्ने चिन्ता त छँदैछ ।

योग्यदेखि अयोग्यसम्म 
अयोग्य लडाकुहरूको नेतृत्व गर्दै आएका लेनिन विष्ट भन्छन्– “जनयुद्ध एउटा उभार थियो । त्यतिबेला योग्य–अयोग्यको कुनै हरहिसाब थिएन । किशोरदेखि प्रौढसम्मले तत्कालीन सरकारविरुद्ध हतियार उठाए ।”

तर, जनयुद्ध लड्न योग्य भएकाहरूमध्ये अनमिनले २ हजार ९ सय ७३ लाई नाबालिग र एक हजार ३५ जनालाई युद्धविरामपछि भर्ना भएको भन्दै अयोग्य ठहर्याइदियो ।
‘कुसम’ पनि त्यसमै परे । अयोग्य हुनुको पीडा, शरीरभरि छर्राको जलन दुवै आफ्नै थाप्लोमा पर्यो । “उहाँ उपचार गर्दागर्दा हार मान्नु भइसक्नुभएको थियो । अहिले पनि उपचारकै लागि आउनुभएको थियो । तर, पैसा सकिएपछि उहाँ विकल्पहीन बन्नुभएको हो,” लेनिन भन्छन् ।

सरकारले ‘अयोग्य’ भनेर फर्काइदिएपछि उनी घर जानसमेत सकेनन् । सामाजिक पुनस्र्थापना उनका लागि आकाशको फलझैँ अप्राप्य भयो । एकातिर सरकारको व्यवहार, अर्कोतिर आफ्नै शरीरको अवस्था ! दुवैले उनलाई कमजोर बनाउँदै लग्यो । 

“त्यसैले विष सेवनको बाटो रोजे । हिजो जनयुद्धको नेतृत्व गरेको र आजको सरकारको नेतृत्व गरिरहेकाहरूका लागि लाजमर्दो कुरा हो,” लेनिन थप्छन् ।

सरकारले थमाएको ‘अयोग्य’को ट्याग र जनयुद्धले थमाएको ‘छर्रा’ सहनुभन्दा मर्नु नै निको लाग्यो उनलाई । परिवर्तनको निकै निराशाजनक पाटो हो यो । लेनिनका अनुसार यस्तो बाटो रोज्ने भट्टराई एक्ला हैनन्, छैनन् । सात जनाले मृत्युको बाटो रोजिसके ।

‘आत्मघाती बन्न सक्छन् पूर्वलडाकु !’
गृहमन्त्रीकै अगाडि विष सेवन गरेकाले भट्टराईको जीवन तत्कालका लागि जोगियो । वीर अस्पतालका चिकित्सकका अनुसार उनी ‘खतरामुक्त’ छन् । तर, उनको जीवनबाट खतरा कहाँ टरेको छ र ! अस्पतालको शैय्याबाट बाहिर निस्कनेबित्तिकै शरीरका छर्राले भन्दा ऋणले ज्यादा पिरोल्ने छ ।

“अतः सरकारले बेलैमा बर्गिगमित र अयोग्य भनिएका लडाकुका बारेमा सोचविचार गर्नुपर्छ,” लेनिनको सुझाव छ । अयोग्य लडाकुहरू सरकारको सुरक्षा चुनौती बन्न सक्नेतर्फ पनि ध्यानकर्षण गराउँछन्– “आफैँ मर्न तयार हुनेहरू भोलि कुनै संदिग्ध, आपराधिक समूहको नेतृत्व गरिरहेकाहरूको सम्पर्कमा पुगे भने के हुन्छ ? सरकारले बेलैमा सोचोस् !”

बहिर्गमित लडाकुका मागका बारेमा सरकार गम्भीर हुन र जयुद्धका घाइते, अपाङ्गता भएकाहरूको अभिभावकत्व ग्रहण गर्न पनि सरकारको ध्यानाकर्षण गराउँछन् लेनिन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ६, २०७५  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro