site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमको ‘वाई १२–ई’ जहाज मंगलबार आउने

काठमाडौं । नेपाल वायु सेवा निगमको शनिबार आउने भनिएको चिनियाँ जहाज मंगलबारमात्र आउने भएको छ । बिहीबार आउने भनिएको जहाज पूर्वनिर्धारित कार्यक्रमअनुसार आए पनि शनिबार आउने भनिएको जहाज मंगलबारमात्रै आउने भएको निगमले जनाएको छ ।

“विशेष कारणवश शनिबार जहाज आउन सकेन,” निगमका सहप्रवक्ता सैलेश कंसाकारले भने, “अब कुनै प्राविधिक कारणवश समय परिवर्तन गर्नु परेन भने मंगलबार जहाज नेपाल आइपुग्छ ।”  

निगमले चीनबाट आयात गर्न लागेका चार वटा जहाजमध्ये एमए ६० बिहीबार नेपाल आएको थियो भने शनिबार वाई १२ ई आउने निगमको तयारी थियो । 

दुवै जहाज चीन सरकारको ऋण सहुलियतमा ल्याइन लागेका हुन् । वाई १२ ई जहाज आउने समय भने तय भइसकेको छैन । कंसाकारका अनुसार सोमबार समय तय हुनेछ । 

“चिनियाँ पक्षसँग भएको लिखित सम्झौताबमोजिम दुईवटा जहाज आउन लागेको हो,” सहप्रवक्ता कंसाकारले भने, “यो पटक प्राविधिक रूपमा कमजोरी आएको खण्डमा नेपालमै आएर मर्मत गरिदिने र स्पेयर पार्टस्समेत यहीँ उपलब्ध गराउने मन्त्रालयसँग सम्झौता भएको छ ।”

बिमा रकम लगायतका विषयमा यो पटक मन्त्रालयले चिनियाँ पक्षसँग पहिले नै सम्झौता गरिसकेको छ । 
५६ सिट क्षमताको एम ए ६० ले विराटनगर, नेपालगञ्ज, वीरगञ्ज, धनगढी, भैरहवालगायत यात्रुको चाप धेरै रहेका तराईका जिल्लामा उडान भर्नेछ भने १७ सिटको वाई १२ ई ले दुर्गम यसअगाडिको ट्वीनअटर विमानले सेवा दिँदै आएका पहाडी दुर्गम जिल्लामा उडान गर्नेछ । 

“दुईवटा विमान थपिएपछि विमान ग्राउन्डेड हुँदा खाली बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भने यात्रुमा पनि नेपाल एयरलाइन्सप्रतिको विश्वास बढ्छ,” कंसाकारले भने ।

निगमका अनुसार यसलगतै वाई १२ ई कल साइनका दुईवटा जहाज आउने छन् । तर, समय भने तय भइसकेको छैन । चीन सरकारको अनुदानमा यसअघि नै दुईवटा एम ए ६० जहाज आइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १६, २०७३  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro