काठमाडौं । सीपकला र क्षमतालाई कुनै देशको सीमाभित्र कैद गरेर राख्न सकिँदैन । कलाको बजार विश्वभर छ । कलाकारको माग पनि उस्तै छ । नेपाली कलाकार भारत जान सक्छन् र आफ्नो कला प्रस्तुत गर्न सक्छन् साथै पुरस्कार पनि जित्न सक्छन् । त्यस्तै भारतमा पनि पाकिस्तानी कलाकार आउन सक्छन् । राम्रो गाउन सक्छन् । र फिल्मफेयरजस्तो अवार्ड जित्न सक्छन् । सन २०१६ का लागि बलिउडको उत्कृष्ट पुरस्कार वितरण समारोहमा यस्तै चार पाकिस्तानीले पनि फिल्मफेयर अवार्डको नोमिनेशनमा आफ्नो नाम दर्ता गरेछन् । यो उनीहरुको खुबी र कलालाई लिएर बलिउडले यो सम्मान दिएको छ । यद्यपि फिल्म फेयरलाई नै लिएर एउटा विवादित विषय पनि बन्यो त्यो हो स्टार अक्षयकुमारको नोमिनेशन । उनका समर्थकले त्यो नामांकनमा अक्षयलाई कहीँ भेटेनन् र आफ्नो रुष्टता सामाजिक सञ्जालमा पोखे । आउनुस् यहाँ हेरौँ पाकिस्तानी कलाकारलाई फिल्म फेयरमा नोमिनेशन गरिएको बारे यो बीबीसीको खबरः
मनोरञ्जनको दुनियाँमा बलिउड होस् या हलिउड, वर्षको सुरुआत सधैँ रंगिन अवार्ड समारोहका साथ हुने गर्छ । तर, भारतीय सिनेमाका लागि ज्यादै लोकप्रिय मानिने ‘जियो फिल्मफेयर पुरस्कार’ मा यो पटक ठूलो परिवर्तनका देख्न सकिन्छ । १४ जनवरीमा मुम्बईमा आयोजना हुने ‘जियो फिल्मफेयर पुरस्कार’ का लागि चार पाकिस्तानी कलाकारलाई पनि छनौट गरिएको छ । र, यो आफै एउटा कीर्तिमानी काम पनि हो । नामांकनको सूची जारी गरिसकिएको छ ।
फवाद खानलाई गतवर्ष चलचित्र ‘खुुबसुरत’ का लागि ‘बेस्ट मेल डेब्यु’को पुरस्कार प्राप्त भएको थियो । जबकि राहत फतेह अली खानलाई चलचित्र‘इश्किया’को गीत ‘दिलतो बच्चा है जी’का लागि सन २०११ मा पुरस्कारबाट सम्मानित गरिसकिएको छ ।
उल्लेखीय यो छ कि, पाकिस्तानी कलाकारहरूलाई भारतीय चलचित्रमा काम गराउने विषयलाई लिएर बलिउड पनि दुई कित्तामा विभाजित छ । अर्को कुरा नामांकन (नोमिनेशन) जारी गरेपछि सामाजिक सञ्जालमा एउटा बहसको विषय भएको छ । यसमा बढी जसोले अक्षयकुमारलाई उत्कृष्ट अभिनयको श्रेणीमा नोमिनेशन किन गरिएन ? भन्ने विषयलाई लिएर रुष्टता प्रकट गरेका छन् ।
पाकिस्तानी कलाकारहरुको यो सूची हेरौँ ।
१. फवादखान
चलचित्र– कपुर एण्ड सन्स
विधा– सर्वश्रेष्ठ सहायक अभिनेता
२. आतिफ अस्लम
चलचित्र– रुस्तम (तेरेसंग यारा)
विधा– सर्वश्रेष्ठ गायक
३. राहतफतेहअलीखान
चलचित्र– सुल्तान (जग घुमिया)
विधा– सर्वश्रेष्ठ गायक
४. कुरातुलऐनबलौच
चलचित्र– पिन्क
विधा– सर्वश्रेष्ठ गायिका