site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको ‘शक्ति प्रदर्शन’– प्रतिष्ठाको विषय, तयारी तीव्र 
SkywellSkywell

काठमाडौं ।  मंगलबार एमाले मुख्यालयमा कार्यकर्ता भरिभराउ थिए । एमालेको स्थायी कमिटी तहका एक नेता फोनमा निर्देशन पनि दिँदै थिए– २२ गते एमालेको प्रतिष्ठाको विषय छ, वडा वडामा पुगेर सहभागी बढाउनेबारे योजना बनाउनुहोला,  पार्टीको इज्जतको कुरा छ है !

नजिकै रहेको केही कार्यकर्ता असमञ्जमा पनि देखिन्थे– सर्वोच्चको एक खालको फैसला आएको छ, त्यसले जनतामा अन्योलता बढाउने हो कि !

तर, उनी भन्दै थिए– अदालतको फैसलाबारे पार्टीले स्वागत गरिसकेको छ । त्यसबारे पनि जनतालाई बुझाउनुपर्छ । 

KFC Island Ad
NIC Asia

पार्टी कार्यालयमा नियमित जमघट, भेला, बैठक आदि तयारी हेर्दा एमालेले २२ गतेको जनप्रदर्शनलाई ‘शक्ति प्रदर्शन’कै रूपमा लिएको छ । सत्ता बर्हिगमनपश्चात एमाले पहिलो पटक ठूलो आमसभामा प्रस्तुत हुँदैछ । सत्ताबाट बाहिरिएपछि एमाले राष्ट्रवादी छवी बनाउन कम्मर कसेर लागेको छ । व्यवस्थापिका– संसद्मा सरकारले संविधान संशोधनको विधेयक दर्ता गरेपछि एमालेले लगातार सदन अवरुद्ध गर्दै आएको छ भने सडक तताउन पनि छाडेको छैन ।

सरकार गठन भएदेखि नै निरन्तर विरोध गर्दै आएको एमालेले संसद्मा पेश भएको विधेयकलाई ‘राष्ट्रघात’को संज्ञा दिँदै एमालेले अन्य ८ विपक्षी दलको समेत साथ लिएको छ । उनीहरुकै सहभागितामा शुक्रबार प्रदर्शनीमा वृहत जनप्रदर्शनीको आयोजना गरेको छ । र,  जनसभालाई प्रतिष्ठाको विषय बनाइरहेको छ ।

Royal Enfield Island Ad

यसबीचमा सोमबार व्यवस्थापिका– संसद्मा पेश भएको संविधान संशोधनको दोस्रो विधेयक उपर परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेको छ । एमाले भने फैसलाको पहिलो बुँदाले आफूहरूले उठाएको आन्दोलन सही भएको निष्कर्ष निकालेको छ । 

जनप्रदर्शनको आयोजक को– को हुन् ?
जनप्रदर्शनको अगुवाई प्रमुख प्रतिपक्षी दल एमालेले गर्ने छ भने उसलाई नेकपा (माले) नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपाः राष्ट्रिय पार्टी, मधेश समता पार्टीले सघाउने भएका छन् । 

जनप्रदर्शनको तयारी यस्तो छ 
जनप्रदर्शनको लागि एमालले १४ पुसमा मोर्चा संगठनको बैठक राखेर आधारभूत तहको योजना बनाएको थियो । उपत्यकाको १५ वटै निर्वाचन क्षेत्र, २२ वटा जनसंगठन र उपत्यका आसपासका जिल्लामा समेत समन्वकर्ता खटाएको एमाले सचिव तथा प्रचार विभाग प्रमख योगेश भट्टराई बताउँछन् ।

आन्दोलनमा व्यापक जनसहभागिता जुटाउन आठ लाख पर्चा वितरण गरिएको भट्टराईले जानकारी दिए । 

“एमालेले मात्रै तीन लाखको पर्चा वितरण गरेको छ । अन्य आठ पार्टीले पाँच लाख पर्चा बाँडेका छन्,” भट्टराईले बाह्रखरीसँग भने, “सबै तयारी हेर्दा तीन लाख भन्दा बढी जनता सहभागि हुनेछन् ।”

जनप्रदर्शननका लागि पार्टी केन्द्रले मात्रै योजना बनाएको छैन । उपत्यकाका तलसम्म रहेका वडा कमिटीहरूलेसम्म आ–आफ्नो योजना बनाएको भट्टराईको दाबी छ । उनकाअनुसार एक संगठित सदस्यले तीन जना सहभागि अनिवार्य ल्याउनुपर्ने उर्दी नै जारी गरिएको छ । उपत्यकामा एमालेको ५० हजार संगठित छन् । 

त्यस्तै, उपत्यका बाहिरका सम्पर्क कमिटी, जन संगठनहरू, सुभेच्छुक संस्था र उपत्यका आसपासका जिल्लाबाट समेत कार्यकर्ता उतार्ने तयारी एमालेको छ । 
 

मञ्च कहाँ बनाइँदैछ ?
आवागमन अवरुद्ध बारेर सार्वजनिक ठाउँमा सभा, जनप्रदर्शन गर्नु र सडकमा अवरोध खडा गर्नु वाञ्छनीय कुरा होइन । तर, यसो गर्नु वाध्यता भएको ठहर एमालेको छ । भट्टराई भन्छन्, “ खुलामञ्च आधा बसपार्क बनाइएको छ, आधा पनि काम लाग्ने हालतमा छैन । बानेश्वरमा पनि गर्ने कि भन्ने कुरा उठेको हो तर बानेश्वरमा सभा गर्दा सिंगै उपत्यकाको ट्राफिक  व्यवस्थापनमा अवरोध पुग्न जान्छ । त्यही भएर हामीले प्रदर्शनीमार्ग रोजेका हौँ, त्यस ठाउँमा अन्य वैकल्पिक बाटो प्रयोग गर्न मिल्छ र ट्राफिक व्यवस्थापन पनि सहज हुन्छ ।”

“यो हाम्रो विकल्पहीन बाध्यता हो,” भट्टराई प्रष्ट्याउँछन् ।

करिब ५० जना अट्ने मञ्च राष्ट्रिय सभा अघिल्तिरको मूल सडकमै बनाइने भट्टराईले जानकारी दिए । उनका अनुसार मञ्चमा ९ वटै पार्टीको पहिलो र दोस्रो वरियताका नेताहरू रहनेछन् ।

स्वयम्सेवक व्यवस्थापन 
नौ वटा पार्टीको जनसभा भए पनि मञ्च व्यवस्थापनदेखि स्वयमसेवक खटाउनेसम्म एमाले एक्लैले गर्ने भट्टराईको उद्घोष छ  । त्यसका लागि एमालेले पाँच सय स्वयम्सेवक खटाउने छ । 

“हामीले अरु पार्टीलाई जनसहभागिता जुटाउनुहोस् मात्रै भनेका छौँ, उहाँहरूलाई स्वयमसेवकको जिम्मा दिएका छैनौँ,” भट्टराईको भनाई थियो ।

सुरक्षा
यसभन्दा अघि ८ दलले बानेश्वरमा आयोजना गरेको सभामा असुरक्षाको कारण देखाउँदै एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । एमाले अध्यक्ष ओली नआउने भए पनि आठ घटकमध्ये नेकपा (माले)का सीपी मैनाली मात्रै अध्यक्ष तहका नेता उपस्थित थिए ।

यस पटकको जनप्रदर्शनमा भने सुरक्षाका लागि सरकारसँग अनुरोध गरि पत्र पठाइएको भट्टराईले जानकारी दिए । उनका अनुसार सुरक्षा निकायलाई पत्र पुगिसकेको र आवश्यक सुरक्षाको प्रवन्ध मिल्ने विश्वास उनको थियो । त्यसका अलावा स्वयम्सेवकहरूले मञ्चलगायत जुलुस व्यवस्थापनमा सघाउने र त्यसको लागि बिहीबार बिहान स्वयमसेवक भेलाको आयोजना पनि गरेको छ ।  

प्रचार– प्रसार
जनप्रदर्शनका लागि वडा स्तरसम्मै प्रचार–प्रसारको काम भइरहेको भट्टराई बताउँछन् । जनप्रदर्शनमा उपस्थिति बढाउन माइकिङ र २१ गते दिउँसो मोटरसाइकल ¥यालीसमेतको तयारी गरिएको भट्टराईको भनाई छ । 

एमालेको मुख्य जुलुस दिउँसो १ बजे निस्कने छ । त्यस अघि विभिन्न ३५ ठाउँबाट निस्किएको जुलुस रत्नपार्क आएर मिसिनेछन् । त्यस्तै अन्य आठ पार्टीका लागि पनि छुट्टाछुट्टै आठ ठाउँ तोकिएको भट्टराईले जानकारी दिए । 

जनप्रदर्शनमा तीन लाख बन्दा बढीको सहभागि रहने अपेक्षा गरिएको भए पनि ती सबै मानिस सभागृह चोकदेखि पद्मोदय मोडसम्म मात्रैमा अट्दैनन् । त्यसैले टुँडिखेल, भृकुटिमण्डप, विश्वभाषा, नेपाल ल, रत्नराज्य लक्ष्मी क्याम्पस र वाल्मिकी विद्यापिठभित्र पनि माइक राखेर सुन्न सकिने व्यवस्था मिलाइने भट्टराईले जानकारी दिए । तथापि उनीहरूलाई डिजिटल पर्दा राखेर हेर्न मिल्ने व्यवस्था मिलाउन भने नसकिएको उनको भनाई थियो । 

खर्चको व्यवस्थापन
जनप्रदर्शनको लागि मञ्च व्यवस्थापन, पर्चा छपाई, ध्वनी सामग्रीमा गरी करिब दश लाख खर्च लाग्ने भट्टराईले जानकारी दिए । त्यसका अतिरिक्त एमालेका वडा तहका कमिटीलेसमेत आफैँ रकम संकलन गरी खर्च गरिरहेकाले त्यसको विवरण केन्द्रमा आइनपुग्ने जानकारी पनि दिए । खर्चको व्यवस्थापन एमाले एक्लैले गर्ने र पार्टीको केन्द्रीय कोषबाट खर्च गरिने पनि उनको भनाई थियो । 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७३  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro