site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

काठमाडौं । नेपाली चलचित्र राम्रो बने पनि निर्माताले भने चलचित्रको व्यापारअनुसार रकम नपाउने गरेको गुनासो गर्दै आएका छन् । पहिलो र दोस्रोसाता हलहरूबाट राम्रो रकम पाए पनि तेस्रो साताबाट  भने निकै कम रकम पाउँदा आफूहरूमारमा परेको निर्माताहरूको गुनासो छ ।

चलचित्र ‘जात्रा’का कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ चलचित्र चलेका आधारमा आम्दानीको प्रतिशत तय हुनुपर्नेमा जोड दिन्छन् । “कुन चलचित्र कति चल्छ, अकुपेन्सीका आधारमा ‘परसेन्टेज’ निर्धारण हुनुपर्छ,” बानियाँले भने, “यो विषयमा सबै पक्ष बसेर वैज्ञानिक ढंगले निर्धारण गर्न सकियो भने कसैले कसैको आलोचना गर्नुपर्ने अवस्था आउँदैन ।”

चलचित्र निर्देशक तथा निर्माता संघका केन्द्रीय सदस्य दीपेन्द्र के. खनाल हलहरूले नेपाली चलचित्रको ट्रेलरसमेत नबजाउने गरेको गुनासो गर्छन् । “हिन्दी र अंग्रेजी चलचित्रको ट्रेलर फ्रिमा बजाउने हलहरूले हाम्रै फिल्मको ट्रेलर भने बजाउँदैनन्,” खनालले भने ।

चलचित्र संघका अध्यक्ष नकमुद्धिन सिंह भने हलहरूबाट निर्माता ठगिएको स्वीकार्न तयार छैनन् । “मल्टिप्लेक्सको ‘अपरेसन कस्ट’ नै महँगो पर्ने भएकाले सिंगल थिएटरबराबरको ‘परसेन्टेज’ कम गर्दै लैजानुपरेको हो,”  सिंह भन्छन्, “यो हाम्रो पनि बाध्यता हो । हिन्दी फिल्म पनि हामीले यही नियमकै आधारमा चलाउँदै आएका छौं, नेपाली चलचित्रलाई मात्रै लागु भएको नियम हैन ।”

निर्माता तथा निर्देशकले चलचित्र हलहरूले हिन्दी चलचित्रको ट्रेलर बिनापैसा बजाउने भए पनि नेपाली चलचित्रको ट्रेलर भने नबजाउने गरेको गुनासो गर्दै आएका छन् ।

चलचित्र संघले फिल्म प्रदर्शन हुनुभन्दा दुईसाता अगाडिबाट बिना पैसा ट्रेलर बजाउनुपर्ने नियम बनाए पनि त्यो लागु नभएको निर्माताहरूको गुनासो छ ।

“प्रत्येक शोमा लाइसेन्स चार्ज भनेर चार सय लिने हलहरूले कर्मचारी र आफन्तका लागि भनेर दुई सयभन्दा धेरै पास लिन्छन्,” कलाकारसमेत रहेका बानियाँले भने, “हामी निर्माता तथा निर्देशकले भने एउटा पनि टिकट पाउँदैनौं । पत्याउन गाह्रो होला, मैले ‘जात्रा’ को मात्रै साथीभाइ र आफन्तका लागि करिब एक लाखको टिकट किनेँ ।”

चलचित्र संघले भने आफूले निमय बनाएको भन्दै त्यसको पालना गर्नु सबैको दायित्व भएको बताएको छ । “चलचित्र संघले नियम नै बनाएर नेपाली चलचित्रको पनि दुई हप्ता बिनापैसा ट्रेलर बजाउने नियम बनाएको छ । त्यो लागु भएको छ÷छैन आफ्नो ठाउँमा छ,” अध्यक्ष सिंहले भने, “क्युएफएक्समा भने हामीले बजाइरहेका छौं ।”

यता कलाकारसमेत रहेका निर्माता निर्मल शर्मा भने मल्टिप्लेक्सको ‘अपरेसन कस्ट’ महँगो पर्ने भएकाले ‘परसेन्टेज’मा बिस्तारै कमी आएको बताउँछन् । “दोस्रो हप्ताबाट अकुपेन्सी कम हुन्छ, त्यसैले यो नियम लागु भएको हो,” शर्मा भन्छन्, “हप्तौँसम्म हाउसफुल व्यापार गर्ने गर्ने ‘छक्का पञ्जा’ जस्ता चलचित्र कमै बन्छन् । त्यसैले औसतका आधारमा यो नियम बनाइएको हो ।” यद्यपि समयसापेक्ष सबैलाई चित्तबुझ्दो नियम भने बनाउँदै जानुपर्ने शर्मा बताउँछन् ।

मल्टिप्लेक्सले दोस्रो साताबाट निर्मातालाई ‘परसेन्टेज’ घटाउँदै लगेपनि सिंगल थिएटरले भने ५० प्रतिशत नै दिँदै आएका छन् ।

पहिलो हप्ता ग्रस कलेक्सनको ५० प्रतिशत निर्मातालाई दिने मल्टिप्लेक्सले दोस्रो साता ४२.५, तेस्रोमा ३७र  चौथो हप्ताबाट ३० प्रतिशत उपलब्ध गराउने गरेका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १८, २०७३  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro