site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

काठमाडौं । चार अर्ब लगानीमा नयाँ धरहरा बन्ने भएको छ । पुरातत्व विभागका अनुसार नयाँ धरहरा निर्माणका लागि अनुमानित चार अर्ब लाग्ने र निर्माण अवधि करिब तीन वर्ष लाग्ने छ ।

गोस्वारा हुलाक र टक्सार विभागको जग्गासमेत गाभेर करिब ३० रोपनी जग्गामा आधुनिक धरहरा बनाउन लागेको पुरातत्व विभागका सूचना अधिकृत दामोदर गौतमले जानकारी दिए ।

“सुरुमा पहिलाको धरहरा रहेकै स्थानमा बनाउने योजना थियो,” गौतमले भने, “पछि हामीले आधुनिक धरहराको कन्सेप्ट लिएर आयौं यो सरकारलाई पनि मन पर्यो । त्यसैले आधुनिक धरहरा निर्माणका लागि काम भइरहेको छ ।”

KFC Island Ad
NIC Asia

आधुनिक धरहराको डिजाइन निर्माणका लागि केजे–एमआरबी–जेबी नामक कम्पनीलाई जिम्मा दिइसकेको पुरातत्व विभागले डिजाइन प्राप्त भएपछि थप प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

आधुनिक धरहरा व्यापारिक प्रयोजनका हिसावले पनि सुविधासम्पन्न हुने पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरेले बताए ।
उनका अनुसार अन्डर ग्राउन्ड पार्किङको समेत सुविधा हुने धरहरा परिसरमा ४ सय कार र ३ सय मोटरसाइकल अट्ने पार्किङ हुनेछ भने भूकम्प आएको बेलासमेत बस्न मिल्ने खुला स्थान पनि धरहरा परिसरमै हुनेछ ।

Royal Enfield Island Ad

टक्सार विभागमा रहेकोपैसा छाप्ने मेसिन तथा पूराना सिक्काहरु राखिएको संग्रहालय पनि रहने उक्त परिसरमा भूकम्पले भत्काएको धरहरालाई यथास्थितिमा राखिनेछ । यसको खाका पुरातत्व विभागले तयार पारिसकेको छ ।

“सानो तर आकर्षक टक्कार म्युजियम पनि रहनेछ”  विभागका सूचना अधिकृत गौतमले भने, “भूकम्पले भत्काएको धरहरा पनि त्यहीँ राख्ने छौं तर त्यो अहिलेकै अवस्थामा रहनेछ । त्यसलाई सड्न र मक्किन नदिन केमिकल हालेर राखिने छ ।”

गौतमका अनुसार धरहरासँगै गोरखा भूकम्पले पुर्याएको क्षतिलाई प्रतिविम्बित गर्ने खालको म्युजियम रहनेछ । धरहरा निर्माणको कार्य सुरु हुन अझै कम्तीमा तीन महिना लाग्ने गौतमको भनाइ छ ।  

विसं. २०७२ वैशाख १२ गते गएको भूकम्पले भत्काएको धरहरा लामो समय बितिसक्दा पनि निर्माण कार्य सुरू हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ११, २०७३  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro