site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तरुण दलमा भागवन्डा मिल्यो
काठमाडौँ । पोखरामा जारी नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको चौथो महाधिवेशनमा पदाधिकारीमा नेताहरूबीच भागबण्डा मिलेको छ । मंगलबार भएको भागवन्डामा संगठनको अध्यक्ष पार्टी सभापति शेरबहादुर देउवा, महासचिव नेता रामचन्द्र पौडेल, उपाध्यक्ष सिटौला र कोषाध्यक्ष खुमबहादुर खड्का समूहले राख्ने सहमती बनेको कांग्रेसका एक नेताले जानकारी दिए । 
देउवाले तरुण दलको अध्यक्षमा पूर्व विद्यार्थी नेता जीतजंलाई प्रस्ताव गरेका छन् । महामन्त्रीमा पौडेल समूहबाट भूपेन्द्रजंग शाही र सिद्वार्थ कोइरालामध्ये एक जना चयन हुनेछन् भने सिटौला समूहबाट उत्तम कुमार चापागाईं उपाध्यक्ष बन्ने पक्का भएको स्रोतले बतायो । यसैगरी पार्टी केन्द्रीय सदस्य खड्का पक्षबाट पूर्ण गुरुङ कोषाध्यक्ष बन्ने लगभग पक्का भएको स्रोतको भनाई छ ।  
कांग्रेसका एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने, “पदाधिकारीहरू पार्टीका कुन– कुन नेताले राख्ने भन्ने सहमती भइसकेको छ । पदमा जाने व्यक्तिहरूको नामावली मंगलबार साँझ वा बुधबार बिहानसम्ममा सार्वजनिक भइसक्नेछ ।”
 
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro