site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपाधि जित्ने योजनामा नेपाल
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि फाइनलमा मंगलबार मकाउसँग खेल्दैछ । उपाधि जित्ने लक्ष्यका साथ मलेसिया पुगेको नेपाली टोलीले मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा नेपाली समय अनुसार सवा पाँच बजे मकाउको सामना गर्ने छ ।
र, साझ हुने फाइनलमा नेपाल मकाउलाई पराजित गर्दै एसियाली फुटबल महासंघ एएफसीले पहिलो पटक आयोजना गरेको सोलिडारिटी कपको उपाधि जित्दै घर फर्कन चाहन्छ । नेपालले त्यसका लागि सम्पूर्ण तयारी सकेको छ । 
फाइनलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतुकु कोजीले नेपालको एकमात्र लक्ष्य उपाधि उचाल्ने रहेको र सबै खेलाडीले उपाधिका लागि मेहेनत गरेको बताए । “हामी यहाँ उपाधि जित्न आएका हौं र हामी भोलि त्यो नतिजा निकाल्छौं,“ कोजीले भने, “उपाधि जित्न खेलाडीले कडा मेहेनत गरेका छन् ।”
यस्तै कोजीले फाइनल प्रतिद्वन्दी मकाउसँग प्रतियोगिताकै सर्वाधिक गोलकर्ता निकोलस टोराओ रहेको भन्दै उनलाई रोके नेपालले उपाधि जित्ने बताए । कोजीले थपे,“मकाउसंग टोराओ जस्ता उत्कृष्ट फरवार्ड छ । तर, हामी उनीहरुको आक्रमणलाई रोक्दै खेल जित्ने प्रयास गर्नेछौँ ।”
प्रतियोगितामा समुह ए मा रहेको नेपाल अपराजित रहदै फाइनलमा पुगेको हो । ७ टोलीको सहभागिता रहेको प्रतियोगितामा मकाउले पनि अपराजित रहँदै फाइनल नेपालसंगको भेट पक्का गरेको हो । नेपालले पहिलो सेमिफाइनलमा लाओसलाई ट्राइबेकरमा ३–० ले हराएको थियो भने मकाउले ब्रुनाईलाई ट्राइबेकरमै  ४–३ ले पराजित गरेको थियो ।
यता, मकाउ भने फाइनलमा नेपालविरुद्ध दबावविना खेल्ने छ । फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै मकाउका प्रशिक्षक ताम लाओ सामले प्रतियोगितामा आफूहरुको लक्ष्य सेमिफाइनलसम्म मात्र भएकाले फाइनलमा नेपालविरुद्ध दबावविना खेल्ने बताए । “हाम्रो योजना सेमिफाइनल थियो । तर हामी फाइनलमा पुगेका छौ,” उनले भने , “फाइनल हाम्रोलागि बोनस जस्तै भएको छ । त्यसैले हामी दबाबबिना  उपाधिकै लागि खेल्ने छौ ।”  यस्तै प्रशिक्षक सामले नेपाललाई फाइनलमा हराउन सके मकाउलाई फुटबलमा अहिलेसम्मकै ठूलो उपलब्धि हुने बताए ।
सोलिडारिटी कपको फाइनल नेपाल र मकाउबीचको छैटौ भेट हुनेछ । यसअघि नेपाल र मकाउबीच पाँच भेट भएको छ । जसमा नेपालले तीन खेल जितेको छ भने एक खेल मकाउले जितेको छ । दुई टोलीबीच एक खेल भने बराबरीमा सकिएको छ । 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७३  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro